PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पर्यटन व्यवसायीले ल्याए चाडपर्व लक्षित ‘टूर प्याकेज’



पहिलोपोस्ट

पर्यटन व्यवसायीले ल्याए चाडपर्व लक्षित ‘टूर प्याकेज’

काठमाडौँ :  पर्यटकीय याम सुरु भएसँगै दशैँ, तिहार, छठलगायत महत्वपूर्ण चाड पर्वलाई लक्षित गरेर व्यवसायीले विशेष ‘टूर प्याकेज’ धमाधम ल्याइरहेका छन्। 

चाडपर्वमा लामो बिदा मनाउने र पर्यटकीय चहलपहल बढ्ने समय भएकाले नेपालका ट्राभल एन्ड टूर कम्पनीले विभिन्न प्याकेज बनाएर पर्यटक आकर्षण गर्न यतिखेर आकर्षक कार्यक्रम ल्याइरहेका हुन्। 

यसै सन्दर्भमा आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले ‘नेचर रिट्रिट टुर एन्ड ट्राभल्स’ले चाडपर्व लक्षित गरेर विशेष ‘टूर प्याकेज’ ल्याएको छ। 

सेवामा विविधीकरण गर्दै कम्पनीले स्वदेश तथा विदेशका प्रमुख पर्यटकीय गन्तव्यमा जाने पर्यटकलाई स्वास्थ्य सेवा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ। पाँच दिन र सात दिनको टूर प्याकेजमा पर्यटकीय गन्तव्य घुमघामसँगै स्वास्थ्य उपचार पनि उपलब्ध गराइनेछ। 

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि नयाँ टूर प्याकेज ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक अभिषेक अर्यालले जानकारी दिए। 

नेपालबाट जाने पर्यटकका लागि हाल थाइल्याण्डको चर्चित सिकारिन अस्पतालमा उपचार उपलब्ध गराइने छ। त्यहाँ हाडर्जोनी र नशासम्बन्धी सम्पूर्ण उपचार पाउने छन्।

विदेशी पर्यटकका लागि नेपालमा योगा चिकित्सा, थेरापी आदि उपचारको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। कम्पनीले थाइल्यान्ड, मलेसिया, सिंगापुर हुँदै युरोपसम्म यो प्याकेज बिक्री गरिरहेको छ। 

लाजिम्पाटस्थित एमई ट्राभल एण्ड टुरले पनि पर्यटकलाई आकर्षण गर्न ‘भिन्न टूर प्याकेज’ ल्याइएको जनाएको छ। जसमा थाइल्याण्ड, मलेसिया, सिंगापुर तथा युरोपका गन्तव्यमा सेवाग्राहीले विशेष छुट तथा अफर पाउनेछन्। 

फ्रान्समा रेष्टुराँ व्यवसाय गर्दै आएका गैर आवासीय नेपाली कमलराज अधिकारीले नेपालको पर्यटन क्षेत्रमा लगानी बढाई विदेशी पर्यटक आकर्षण गर्न कम्पनीले नयाँ कार्यक्रम ल्याएको बताए। 

कम्पनीका अध्यक्ष अधिकारीले (माउन्ट एभरेष्ट) समूहअन्तर्गत नेपालको कृषि, हस्पिटालिटी, शिक्षालगायत क्षेत्रमा लगानी सुरु गरिएको बताए। 

अन्तर्राष्ट्रियस्तरको प्राविधिक जनशक्ति उत्पादनको लक्ष्यका साथ होटल व्यवस्थापन र नर्सिङ कलेज पनि चाँडै स्थापना गर्ने कम्पनीको लक्ष्य छ।

नेपालका ठूला र नाम चलेका ट्राभल एण्ड टूर कम्पनीले पनि विभिन्न गन्तव्यमा जाने स्वेदेशी तथा विदेशी सेवाग्राहीका लागि आकर्षक अफर ल्याएका छन्। 

यो याममा विदेशी पर्यटक नेपालका मुख्य पर्यटकीय गन्तव्य पोखरा, चितवन, लुम्बिनी तथा चर्चित पदयात्रामा निस्कने गर्छन् भने धेरै नेपाली विदामा घुमफिरका लागि लोकप्रिय एसिया तथा युरोपका गन्तव्यमा जाने गर्छन्।

सेवाग्राहीको माग र आवश्यकतालाई मध्यनजर गरी व्यवसायीले पनि सोही किसिमका प्याकेज ल्याउने गरेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell