PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पोखरालाई खेलकुदको सहरकारुपमा विकास गर्ने खेलकुद मन्त्रालयका सचिवको आश्वासन



पहिलोपोस्ट

पोखरालाई खेलकुदको सहरकारुपमा विकास गर्ने खेलकुद मन्त्रालयका सचिवको आश्वासन

पोखरा :  युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुद सहरको रुपमा विकास गर्न मन्त्रालयले वजेट विनियोजन गर्न लागेको बताएका छन्। 

सहारा क्लब पोखराको १९ औँ वार्षिकोत्सव तथा १० औँ अधिवेशनको शुक्रबार पोखरामा उद्घाटन गर्दै दाहालले खेलकुद सहर बनेपछि पोखरा दक्षिण एशियामै खेलकुद हबको रुपमा विकास हुने विश्वास व्यक्त गरे। 

सचिव दाहालले निजी क्षेत्रसँग हातेमालो गर्दै खेलकूद क्षेत्रको विकास गर्न मन्त्रालय तयार रहेको उल्लेख गर्दै पोखरा रंगशालामा एक वर्ष भित्रमा आधुनिक खालको स्टेडियम र डोमसेट कभर्डहल निर्माण गरिने बताए।

कार्यक्रममा क्लबद्वारा सञ्चालित सहारा खेलकूद पत्रकारिता पुरस्कारबाट पत्रकार सुरज श्रेष्ठलाई सम्मान गरियो। पुरस्कारको राशी १५ हजार ५५५ रुपैयाँ रहेको छ। 

पुरस्कृत श्रेष्ठले प्राप्त गरेको पुरस्कारको राशीमा चार हजार ४४५ थप गरी २० हजार पुर्याएर क्लबद्वारा सञ्चालित सहारा एकेडेमीको अक्षयकोषमा राखिदिने घोषणा गरे। 

त्यस्तै राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङलाई पनि  सम्मान गरियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell