PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बुद्ध एयरले पोखराबाट भरतपुर र भैरहवा उडान शुरु गर्‍यो, भाडा चार हजार २००



पहिलोपोस्ट

बुद्ध एयरले पोखराबाट भरतपुर र भैरहवा उडान शुरु गर्‍यो, भाडा चार हजार २००

काठमाडौं : बुद्ध एयरले आजदेखि पोखराबाट भरतपुर र भैरहवामा हवाई उडान शुरु गरेको छ। कम्पनीले आज बिहान १० बजे पोखराबाट भरतपुरका लागि पहिलो हवाई उडान शुरु गरेको स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए।
      
त्यस्तै  ११:२२ बजे अर्को  विमान पोखराबाट भैरहवाका लागि उडेको थियो। उन्नाइस सिट क्षमताको बिमान पोखराबाट भरतपुर पुग्न १५ मिनेट र पोखराबाट भैरहवा पुग्न १७ मिनेट लाग्ने म्यानेजर बरालले बताए।
      
पोखराबाट  भरतपुर एकतर्फी नेपालीका लागि भाडा तीन हजार ६०० रुपैयाँ र विदेशीका लागि ९२ डलर कायम गरिएको छ। त्यस्तै पोखराबाट भैरहवाका लागि नेपालीलाई चार हजार २०० रुपैयाँ र विदेशीका लागि ९७ डलर कायम गरिएको छ। उडान आजदेखि नियमित हुने बरालले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell