PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

क्यानडामा हुने ग्लोबल च्याम्पियनमा भाग लिन जाने कराडे खेलाडी अच्युतराज उप्रेतीको बिदाई



पहिलोपोस्ट

क्यानडामा हुने ग्लोबल च्याम्पियनमा भाग लिन जाने कराडे खेलाडी अच्युतराज उप्रेतीको बिदाई

काठमाडौँ :  युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले खेलाडीले विश्वमा नेपाललाई चिनाउने काम गरेका बताएका छन्। 

क्यानडामा हुने सातौँ कराते डु गोजु काई ग्लोबल च्याम्पियनमा भाग लिन जाने खेलाडी, प्रशिक्षक तथा अधिकृतको बिदाइ कार्यक्रममा मन्त्री केसीले देशका लागि खेल्ने खेलाडीलाई सरकारले पर्याप्त सहयोग गर्न नसकेको बताए। 

उनले भने,‘धेरैले खेलाडीले कम स्रोतसाधनका बाबजुद विदेशमा गएर राम्रो सफलता हासिल गरेका छन्, यो देशका लागि खुसीको विषय हो।’ 

सेप्टेम्बर २८ देखि अक्टोबर १ सम्म क्यानडामा हुने प्रतियोगितामा नेपालकातर्फबाट अच्युतराज उप्रेतीले सहभागिता जनाउँदैछन्। उप्रेतीसँगै टिम म्यानेजर अशोक पाण्डे, अफिसियल जनार्दन उप्रेती र अन्तर्राष्ट्रिय कोच इन्द्रबहादुर शाही पनि छन्। 

खेलाडी उप्रेतीले आफूले व्यक्तिगत खर्चमा प्रतियोगितामा भाग लिँदै आएको बताउँदै उत्कृष्ट प्रदर्शन गरेर फर्कने बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell