PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सबैभन्दा सस्तो आइफोन कतिमा पाइन्छ?



सबैभन्दा सस्तो आइफोन कतिमा पाइन्छ?

एप्पलले यसै हप्ता अहिलेसम्मकै सबैभन्दा महँगो आइफोन सार्वजनिक गर्‍यो। आइफोन X को मूल्य अमेरिकामै करबाहेक १००० डलर पर्छ। विभिन्न देशमा करसहित जोड्दा यो रकम निकै महँगो हुनपुग्छ। 

यो हप्ता एप्पलले आइफोन ८, ८ प्लस र X गरी तीन वटा आइफोन सार्वजनिक गरे पनि पुराना मोडलका आइफोनको भाउ घटाएको समाचार खासै चर्चामा आएन। 

यस्तो भए सबैभन्दा सस्तो आइफोन कतिमा पाइन्छ त?

एप्पलले बनाएको सबैभन्दा सानो आइफोन एसईको मूल्य ५० डलर घटाइएको छ। अब यो अमेरिकामा करबाहेक ३५० डलरमा पाइन्छ। 

आइफोन एसईमा चार इञ्चको स्क्रिन हुन्छ र यो ३२ जिबी र १२८ जिबीमा पाइन्छ। १२८ जिबीको मोल अमेरिकामा करबाहेक ४५० डलर पर्छ। 

सस्तो मोडल भए पनि यसमा १२ एमपीको क्यामेरामात्र छैन, फोरके भिडियो खिच्ने सुविधा पनि छ। नेपालमा आइफोन एसई ३५ हजारमाथिबाट  पाइन्छ। 

 एप्पल कम्पनीको नेपालका लागि आधिकारिक वितरक दावी गर्ने जेनेरेसन नेक्स्ट कम्यूनिकेसन्सले दशैँ र तिहारका लागि आइफोन ५ एस ३२ हजार ५ सयमा र आइफोन एसई ३८ हजार रुपैयाँदेखि बिक्री गरिरहेको बताएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell