PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ट्रकको ठक्करबाट सप्तरीमा एक जनाको मृत्यु, २ घाइते



पहिलोपोस्ट

ट्रकको ठक्करबाट सप्तरीमा एक जनाको मृत्यु, २ घाइते

राजविराज :  राजविराज–भारदह सडकखण्डअन्तर्गत सप्तरीको देउरी भरुवामा गएराति भारतीय मालबाहक ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। 

मृत्यु हुनेमा राजविराज नगरपालिका–१३ बस्ने १७ वर्षीय प्रमोद यादव छन्। दुर्घटनामा १४ वर्षीय नीरज यादव र १९ वर्षीय सञ्जीव यादव गम्भीर घाइते भएका छन्। 

राजविराजबाट भारदहतर्फ गइरहेको बिआर ८८०५ नम्बरको भारतीय मालबाहक ट्रकले र विपरीत दिशाबाट आइरहेको को ६ प ३५०२ नम्बरको यादव सवार मोटरसाइकललाई ठक्कर दिएको थियो। 

घाइतेलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell