PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पाकिस्तानकाे प्रदर्शनी शुरु



पहिलोपोस्ट

पाकिस्तानकाे प्रदर्शनी शुरु

काठमाडौँ :  पाकिस्तानमा निर्मित विभिन्न सामग्री (मेड इन पाकिस्तान)को आठौँ संस्करणको प्रदर्शनी त्रिपुरेश्वरस्थित ट्रेड सेन्टरमा शुरु भएको छ। 

वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मा र नेपालका लागि पाकिस्तानका राजदूत मज्हर जावेदले प्रदर्शनीको उद्घाटन गरे। 

सो अवसरमा मन्त्री विश्वकर्माले नेपाल र पाकिस्तानबीच दौंत्य सम्बन्ध तथा जनस्तरको सम्बन्धलाई अझ विस्तार गर्न प्रदर्शनीले मद्दत मिल्ने बताए। 

मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीले सार्कको संस्थापक सदस्य हुनाका नाताले दुई देशले व्यापार प्रबद्र्धनलाई बढाउनु पर्ने बताए। 

नेपाल र पाकिस्तान बीचको आपसी सम्बन्ध तथा व्यापार अभिवृद्धि गर्ने ध्येयले आयोजित प्रदर्शनीमा विशेषगरी छालाका सामग्री, हस्तकलालगायतका सामग्री छन्। 

पाकिस्तानी राजदूतावासले केही वर्षदेखि यस किसिमका मेलाको संयोजन गर्दै आएको छ। नेपाल–पाकिस्तानबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। पाकिस्तान दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का संस्थापन सदस्य देश हो। 

अर्कोतर्फ यी दुईदेशबीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको लामो समय बितिसक्दा पनि व्यापारमा क्षेत्रमा खासै ठूलो हिस्सा ओगट्न सकेका छैनन्।

एक तथ्याङ्कअनुसार पाँच वर्षमा दुईदेशका बीचमा वार्षिक चार करोड ८० लाख डलर बराबरको व्यापार भएको थियो। गत वर्ष नेपालले करिब ४५ लाख डलरबराबरको सामान पाकिस्तान निर्यात गरेको थियो। प्रदर्शनी सात दिनसम्म चल्नेछ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell