PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विराटनगरमा साल्ट ट्रेडिङद्वारा सुपथ मूल्य पसल सञ्चालन



पहिलोपोस्ट

विराटनगरमा साल्ट ट्रेडिङद्वारा सुपथ मूल्य पसल सञ्चालन

विराटनगर :  दशैँ र तिहारमा सर्वसाधारणलाई राहत उपलब्ध गराउने उद्देश्यले साल्ट ट्रेडिङ लिमिटेडले विराटनगरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। 

चिनीमा प्रतिकिलो पाँच र नूनमा प्रतिकिलो दुई  रुपैयाँ घटाएर ग्राहकलाई उपलब्ध गराउने कार्यालयका प्रमुख नवीनचन्द्र झाले जानकारी दिए। 

विराटनगरस्थित कार्यालयमा सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलबाट चिनी प्रतिकिलो ७७ रुपैयाँ ५० पैसा र नून प्रतिकिलो १८ मा बिक्री वितरण भइरहेको छ।

बजारमा चिनीको मूल्य प्रतिकिलो ८२ तथा नूनको मूल्य २५ पर्छ । ग्राहकलाई बढीमा ६ किलोसम्म मात्र दिने गरिएको कार्यालयले जनाएको छ। 
सुपथ पसल कात्तिक ९ गतेसम्म सञ्चालनमा रहनेछ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell