PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पाकिस्ताले विश्व-११ लाई हरायो



पहिलोपोस्ट

पाकिस्ताले विश्व-११ लाई हरायो

घरेलु टोली पाकिस्तानले विश्वका विभिन्न देशका खेलाडी सम्मिलित विश्व-११ लाई पहिलो इन्डिपेन्डेन्स कप टी-२० मा २० रनले पराजित गरेको छ। जितपछि पाकिस्तानले ती सिरिजमा १-० को अग्रता लिएको छ

पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा भएको खेलमा पाकिस्तानलाई जिताउन बबमबर आजमको ८६ रन महत्वपूर्ण रह्यो।

सन् २००९ यता पाकिस्तानमा कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट खेल हुन सकेको थिएन। त्यतिबेला  पाकिस्तानमा क्रिकेट खेल्न गएको श्रीलंकन टोलीमाथि हमला हुँदा ६ खेलाडी घाइते भएका थिए।

त्यसलाई बिर्सेर पाकिस्तानमा पुन: अन्तर्राष्ट्रिय क्रिकेट गराउन सुरक्षित भन्ने सन्देशका साथ यो टी-२० सिरिज गरिएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ओपनर बाबर आजमको ८६ रनको मद्दतमा निर्धारित २० ओभरमा १ सय ९७ रनको उच्च स्कोर बनाएको थियो। यस्तै कप्तान अहमेद शेहजादले ३९ तथा सोएव मल्लिकले ३८ रन बनाए।

जवाफमा विश्व-११ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७७ रन मात्र जोड्न सक्यो। विश्व-११ का लागि कप्तान फाप डु प्लेसिस र डारेन सामीले २९-२९ रन बनाए भने हसिम अमलाले २६ तथा टिम पेनले २५ रन जोडे।

बलिङमा पाकिस्तानका सोहेल खान, रुमान रइस र सदाव खानले २/२ विकेट लिए।

दोस्रो टी-२० खेल बुधबार हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell