PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एप्पलले ल्यायो नयाँ घडी, सेलुलरसहितको घडीले फोन पनि गर्न मिल्ने



एप्पलले ल्यायो नयाँ घडी, सेलुलरसहितको घडीले फोन पनि गर्न मिल्ने

एप्पलले आफ्नो घडीको नयाँ संस्करणको घोषणा गरेको छ। अमेरिकाको स्टिभ जब्स थियटरमा सिइओ टिम कुकले एप्पल वाच सिरिज थ्रीको घोषणा गरेका हुन्। 

नयाँ घडीमा सेलुलर सपोर्ट पनि छ। यसको अर्थ फोन बिना पनि घडीबाट एलटिइ कनेक्सनसहितको फोनमा कुराकानी गर्न मिल्छ। त्यसैगरी मेसेज पठाउन सकिन्छ। 

घडीमा ४ करोड वटा गीत पनि राख्न मिल्ने कार्यक्रममा बताइयो। यसको ब्याट्रीले १८ घण्टासम्म काम गर्ने दावी गरिएको छ। 

यसको मूल्य भने सेलुलरसहितको ३९९ डलरबाट सुरु हुन्छ भने सेलुलर बिनाको ३२९ डलर पर्छ। सेप्टेम्बर १५ देखि प्रि अर्डर सुरु भए पनि सेप्टेम्बर २२ देखि मात्रै यो अमेरिकासहित केही देशमा उपलब्ध हुनेछ। 

एप्पल विश्वमा सबैभन्दा बढी बिक्ने एक नम्बरको घडी हुन सफल भएको कुकले बताए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell