PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बस दुर्घटनाका घाइतेमध्ये दुईको मृत्यु



पहिलोपोस्ट

बस दुर्घटनाका घाइतेमध्ये दुईको मृत्यु

धादिङ : धादिङको विशालटार नजिकै आज बिहान भएको दुर्घटनाका घाइतेमध्ये दुई जनाको उपचारकाे क्रममा मृत्यु भएको छ। 

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक वरुण सिंहका अनुसार नवलपरासीको सुस्ता गाउँपालिका–५ का ६५ वर्षीय रमाशंकर सिंह र ३० वर्षीय बच्चु रामको मृत्यु भएको हो। रमाशंकरको स्टार अस्पताल बल्खु र रामको ट्रमा सेन्टर, वीर अस्पतालमा मृत्यु भएको हो। 

काठमाडौंबाट ४४ यात्रु लिएर नवलपरासीको त्रिवेणीका लागि छुटेको लु २ ख ६६३० नम्बरको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ स्थित सडकबाट करिब १०० मिटर तल खसेको थियो। 

दुर्घटनामा ३१ जना घाइते भएकामा उपचारका लागि आठ जनालाई ट्रमा सेन्टरमा पठाइएको थियो। ट्रमा सेन्टरमा पठाइएका बिरामीमध्ये एम्बुलेन्स चालकले आफूखुसी स्टार अस्पतालसमेत लगेका थिए।

हाल पाँच जनाको स्टार अस्पताल, एक जना ट्रमा सेन्टर, चार जनाको गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र र बाँकीको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell