PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

गुल्मीको रुरुमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु



पहिलोपोस्ट

गुल्मीको रुरुमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

गुल्मी :  मोटरसाइकल दुर्घटना हुँदा आज बिहान गुल्मीको रुरु गाउँपालिका– ३ का २३ वर्षीय राजु सारुको मृत्यु भएको छ। 

ना १७ प २४८१ नम्बरको मोटरसाइकल रुरु गाउँपालिका– ३ स्थित फलाटेमा दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी घाइते भएका सारुको रुरु स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा उनीसँगै सवार रुरु गाउँपालिका– ३ का ईश्वरी रावतसमेत घाइते भएकामा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell