PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चितवनमा दुई बस ठोक्किँदा तीन जनाको मृत्यु, २४ घाइते



चितवनमा दुई बस ठोक्किँदा तीन जनाको मृत्यु, २४ घाइते

काठमाडौँ : चितवनमा दुई बस ठोक्किँदा तीन जनाको मृत्यु र २४ जना घाइते भएका छन्। 

चितवनको राप्ती नगरपालिका १ पिप्लेमा नारायणगढबाट वीरगन्जतर्फ जाँदै गरेको ना ५ ख ८७०६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना ६ ख ९१२५ नम्बरको बस एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो।

मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन। घाइते मध्ये १४ जनाको पुरानो मेडिकल कलेज र १० जना चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell