PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

रसुवाका विद्यालयमा डिजिटल प्रविधिबाट पढाइ सुरु



रासस

रसुवाका विद्यालयमा डिजिटल प्रविधिबाट पढाइ सुरु

रसुवा :  पढाइ र सिकाइलार्इ सरल बनाएर गुणस्तरीय शिक्षा प्रदान गर्न डिजिटल प्रविधिबाट पढाइ सुरु गरिएको छ। 

गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कर्साङनुर्पु तामाङका अनुसार स्याफ्रुबेँसी माविबाट डिजिटल प्रविधिबाट पढाइ सुरु गरिएको हो। सदरमुकाममा अवस्थित धुञ्चे माविमा पनि सोही प्रविधिबाट पढाइ सुरु गर्न आग्रह गरिएको छ। 

विद्यालयको पढाइ डिजिटल प्रविधिमा लान स्थानीय तहबाट बजेट विनियोजन गरिएको उल्लेख गर्दै तामाङले आफ्नो पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्य क्षेत्र सुधारमा रहने बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell