PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

उपेन्द्र महतोद्वारा राहत र पुनर्स्थापनका लागि १५ करोड रुपैयाँ दिने घोषणा



उपेन्द्र महतोद्वारा राहत र पुनर्स्थापनका लागि १५ करोड रुपैयाँ दिने घोषणा

काठमाडौं : गैर आवसीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले फूलकुमारी महतो ट्रस्टका तर्फबाट भूकम्प पीडितलाई १५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

ट्रष्टले दिन लागेको १५ करोड रुपैयाँ मध्ये तीन करोडको सामान तत्कालीन राहतका लागि र बाँकी १२ करोड रुपैयाँ पुनर्स्थापनाका लागि खर्च गर्ने महतोले जानकारी दिए।

'तीन करोड रुपैयाँ बराबरको टेन्ट, चामल, तेल, मसला, तकियालगायत व्यवस्था गरिएको छ,' उनले भने, 'पुनर्स्थापनाका लागि स्कूलहरुका लागि १२ करोड रुपैयाँ दिनेछौं । त्यो रकम क्षति भएका ठाउँहरुका स्कूलहरु हेरेर गरिनेछ ।'

महतोले आफूले गच्छेअनुसारको सहयोग गरेको भन्दै विपदको घडीमा सबैलाई एक भएर सहयोगमा जुट्न आग्रह गरे । यो राहत गैर आवासीय नेपालीहरु र पतंजली योग पीठका तर्फबाट संयुक्त रुपमा वितरण हुने महतोले बताए ।

यस्तै के कति सहयोग कहाँ भएको भन्ने कुरा पनि पारदर्शी बनाइने उनले बताए । राहत घोषणा कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले लगायतको उपस्थिती थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell