PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

यू-१९ क्रिकेट टिमका प्रशिक्षक विनोद दासलाई ९ प्रश्न



पहिलोपोस्ट

यू-१९ क्रिकेट टिमका प्रशिक्षक विनोद दासलाई ९ प्रश्न

काठमाडौं : नेपाल यू-१९ क्रिकेट टोलीले मलेसियामा हुने एसीसी यू-१९ कप इस्टर्न रिजन प्रतियोगिता खेल्दैछ। यसमा शीर्ष चार स्थानमा रहने टिम यू-१९ एसिया कपमा छनोट हुने भएका कारण यसलाई एसियाकपको छनोटका रुपमा समेत हेरिएको छ। कूल ८ टिम सहभागी प्रतियोगितामा नेपाल थाइल्याण्ड भुटान र सिंगापुर समूह ए मा छ।

दुई वर्ष अघि बंगालदेशमा भएको यू-१९ विश्वकप खेलेको र गत वर्ष श्रीलंकामा एसिया कप समेत खेलेको नेपाल यस प्रतियोगिताको दाबेदार टोली नै नै हो। नेपाल एसिया कपमा छनोट हुनेमा ढुक्क छ। यसका लागि नेपालले दुई साता बढी प्रशिक्षण समेत गरेको छ भने एक साता भन्दा बढी भारतीय प्रशिक्षक मोन्टी देसाइले ब्याटिङ कन्सलट्यान्टका रुपमा टिमलाई प्रशिक्षण समेत दिएका थिए।

तर, एक महिनाअघि सिंगापुरमा भएको यू-१९ विश्वकप छनोटमा नेपालको ब्याटिङ निकै कमजोर देखिएको थियो। त्यसलाई मलेसियामा सुधार गर्ने अपेक्षा नेपालको छ। यसै सन्दर्भमा रहेर यु १९ टिमका मुख्य प्रशिक्षक विनोस दाससँग गोविन्दाराज नेपालले बुधवार त्रिवि मैदानमै गरेको कुराकानी।

आइपिएलमा समेत प्रशिक्षण गरिसकेका भारतीय प्रशिक्षक मोन्टी देसाइ आएपछि नेपालको प्रशिक्षण कस्तो भइरहेको छ?

राम्रै भइरा'छ। हामीले विभिन्न एरियाहरु आइडेन्टिफाइ गरिरहेका छौँ। त्यसैमा रहेर कसरी प्रशिक्षण गर्ने काम गरिरहेका छौं।

देसाइको आगमनले नेपालको ब्याटिङमा के परिवर्तन आएको छ?

उस्तै नै हो। मात्र अप्रोचमा फरक छ। गर्ने ड्रिलहरु उस्तै हो अहिले पनि। ब्याट कुन सिचुएसनमा कसरी प्रयोग गर्ने भन्ने हो। कस्तो सिचुएनमा कुन अप्रोच गर्ने भन्ने कुराहरु भइरहेको छ।

अलिकति सुधारहरु पनि देखिएको छ। एक सातदेखि हामी ब्याटिङमै काम गरिरहेका छौँ। तर जबसम्म रियल मैदानमा गएर परफरमेन्स गरिन्न त्यसअघि थाहा हुन्न कस्तो भइराछ भनेर।

 

सिंगापुरमा हाम्रो ब्याटिङ जम्न सकेन। उताबाट फर्केपछि र अहिलेको ब्याटिङमा के सुधार भएको छ?

स्किल वाइज मलाई कहिल्यै डाउट थिएन। हामी राम्रो गर्न सक्छौँ भनेर। अहिले सुधार पनि देखिएको छ। हामीले सिनियर टिमसँग पनि २ वटा अभ्यास म्याच खेल्यौँ। एउटामा २९३ रन बनाएका थियौँ। र जित्यौँ पनि। अर्कोमा पनि राम्रै गरेका थियौँ।

ओभरअल भन्ने हो भने 'दे आर गेटिङ इन गुड सेप।' तर पनि जबसम्म हामी रियस सिचुएसनमा सेट हुँदैनौं तबसम्म हामीले रिकगनाइज गर्नुपर्ने/सुधार गर्नुपर्ने ठाउँ छन्।

यू-१९ विश्वकप छनोट खेलेको टिममा अहिले ४ परिवर्तन छ। सुमीत महर्जन, सन्दीप जोराहरुले टिममा स्थान बनाएका छन्। कस्ता छन् नयाँ खेलाडी?

यो अवसरको कुरा हो। सुमित र सन्दीपले घरेलु क्रिकेटमा राम्रै खेलेका थिए। तर आदिल र प्रकाशले अन्तर्राष्ट्रियमा रन बनाउन सकेका थिएनन्। त्यही भएर पनि सुमीत र सन्दीपलाई अवसर दिएकव हो केही गर्छन् की भनेर। उनीहरुले बितेको एक वर्षमा घरेलु क्रिकेटमा पनि राम्रो गरिरहेका छन्। लेट्स गिभ देम चान्स। उनीहरुले इन्टरनेशनलमा कस्तो प्रदर्शन गर्छन। त्यही भएर नै यीनीहरुलाई अहिले टिममा राखिएको हो।

आशा छ राम्रो क्रिकेट खेल्छन् भन्ने।

अब कुरा गर्‍यौ बलिङको। स्पीनमा हामी सँधै बलियो छौँ। पछिल्लो पटक डेब्यु गरेका फास्टर बलर रिजन ढकाल आउट भएका छन्। फास्ट बलिङ हाम्रो कस्तो छ?

अहिले पनि हामीसँग दुई जना फास्ट बलर छन्। नन्दनले राम्रो गरिरा'छ। अस्ति प्राक्टिस म्याचमा पनि ५ विकेट लियो। अहिले पनि राम्रो गरिराछ। अर्को हामीसँग किशोर छ। सिंगापुरमा पनि किशोरले रोम्रो खेलेको थियो। फास्ट बलरमध्ये उ आउटस्टयाण्डिङ थियो। 'वि हाभ मिक्सड अप बोथ बलर' तर हामीसँग क्वालिटी स्पीनर छ। स्पीन नै बढी 'डोमिनेन्ट' हुन्छ। स्पीनबाटै हामी अट्याक गर्छौँ। तर त्यो होइन कि हामीसँग फास्ट छैन। हामीसँग राम्रो फास्ट बलर पनि छ। दुवै फास्ट बलर राम्रा छन्।

 

भनेपछि हाम्रो बलियो पक्ष बलिङ नै हो?

निश्चय नै, पहिलो देखि नै बलिङ हाम्रो राम्रो छ। अहिले पनि राम्रो छ। तर ब्याटिङमा 'समथिङ वि विल निड टाइम'। यसमा पनि बिस्तारै सुधार हुन्छ। एउटा टुर्नामेन्ट बीचमा नराम्रो भयो। त्यसभन्दा अघि हामीले यू-१९ एसिया कपमा राम्रव खेलेका थियौँ। श्रीलकासँग राम्रो खेल्यौँ। भारतसँग पनि राम्रैखेल्यौँ। सो इट अल अबाउट प्रोसेस।

अहिले हामीले राम्रो गर्‍यौँ भने भोलिको नेपाली क्रिकेट विकासमा राम्रो हुन्छ भन्ने हो। 'लेट्स होप टु डु ट्याट।'

 

अहिले हाम्रो कप्तान पनि चेन्ज भएकोछ। सन्दीपको स्थानमा सिंगापुरमा राम्रो खेलेका दीपेन्द्र कप्तान भएका छन्। दुवै नेशनल टिममा पनि छन्। सन्दीपलाई छाडेर दीपेन्द्र रोज्नुको कुनै विशेष कारण छ?

त्यस्तो स्पेसल रिजन भन्ने केही छैन। दुवै जना सिनियर टिमबाट खेलिसकेका छन्। दुवै जना यु-१९ मा रेगुलर छन्। हामीले 'रोटेट' गर्न मात्र खोजेका हौँ। कसले कप्तानीलाई कसरी पूरा गर्छ भनेर हेर्नलाई मात्र हो। उनीहरु दुवै जना नेतृत्वका दाबेदार छन्। उनीहरुसँग क्रिकेटको राम्रो ज्ञान छ। अब दीपेन्द्रले क्याप्टेन्सीलाई कसरी अप्रोच गर्छ त्यो हेर्न बाँकी छ। उसलाई एक प्रकारको रेस्पोन्सबिलीटि पनि हो।

त्यसबाट दीपेन्द्रले अझै बेटर परफरमेन्स लिएर आउँछ कि। जस्तो सन्दीपले गर्‍यो। यो पटक दीपेन्द्रलाई अवसर दिएको छ उसले पनि राम्रो गर्छ भन्ने विश्वास छ।

यसअघि सन्दीपले दुई वटा टुर्नामेन्टमा नेपालको कप्तानी गर्‍यो। उसको बलिङ सँधै राम्रो थियो। तर कप्तानीमा भने केही कमजोरी देखिएको भन्ने सुन्न आएको थियो नि। के दीपेन्द्रलाई पनि कप्तानीले प्रेसर पर्छ?

सन्दीपको नराम्रो थिएन। राम्रो नै गरेको थियो। दीपेन्द्रलाई पनि फरक पर्दैन। उसले कसरी त्यसलाई लिन्छ भन्ने हो। दीपेन्द्रलाई केही रेस्पोन्सिविलिटी पक्कै थपिएको छ। हामीलाई आशा छ कप्तान भएपछि दीपेन्द्रले अझै राम्रो गर्छ र आफ्नो क्रिकेट स्किल प्रस्तुत गर्छ। यो एउटा अवसर हो दीपेन्द्रलाई। किनभने पछि गएर सन्दीप र दीपेन्द्र दुवै जना नेशनल टिममा लङ टर्म जान्छन्। स्पोर्ट्समा एउटा लिडरसीप विकास होस् भन्ने चाहना पनि हो।

यसले सन्दीपलाई पनि केही हानी गर्दैन। यस बारेमा हामीले सन्दीपसँग पनि कुरा गरेका थियौँ। उसले पनि हुन्छ भनेको भएर नै दीपेन्द्रलाई अवसर दिएका हौँ। सन्दीपले पनि यसलाई ‘दिस इज राइट मुभ’ भनेको छ।

 

अब केही दिनमै यू-१९ कप शुरु हुँदैछ। नेपाल सिंगापुर, भुटान र थाइल्याण्ड रहेको समूहमा छ। ८ टिम सहभागी छन्। नेपालको लक्ष्य के हो?

ब्याटिङमा सुधार गर्दै उपाधि जित्ने नै हाम्रो मुख्य लक्ष्य हो। पछिल्लो प्रतियोगितामा ब्याटिङ हामीले राम्रो गर्न सकेनौँ। अब त्यसलाई सुधार गर्दै च्याम्पियन बन्ने हाम्रो टार्गेट हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell