PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एनआरएनए यूकेका पूर्व अध्यक्ष क्षेत्री उत्रिए पत्रकारविरुद्ध



पहिलोपोस्ट

एनआरएनए यूकेका पूर्व अध्यक्ष क्षेत्री उत्रिए पत्रकारविरुद्ध

लन्डन : एनआरएनए यूकेका पूर्व अध्यक्ष योगेन क्षेत्रीले लन्डनस्थित नेपाली पत्रकारमाथि अमर्यादित व्यवहार देखाएका छन्।
 
९ सेप्टेम्बरमा हुन लागेको एनआरएनए यूके निर्वाचनको बुथ निर्वाचन समितिको अधिकार बाहिर गएर सार्ने षड्यन्त्र असफल भएको समाचार लेखेपछि स्थानीय वीनेपालीडटकम आवद्ध पत्रकारहरुमाथि सामाजिक सञ्जालबाटै गालीगलौजमा उनी उत्रेका हुन्।
 
वीनेपालीडटकममा नेपालको मुलधारमा काम गर्ने पत्रकारहरु आवद्ध छन्। एकसय पाउण्ड घुस लिएर अर्काको चरित्र हत्या गरेको आक्षेप लगाउँदै क्षेत्रीले त्यस्ता पत्रकारलाई ‘भाते पत्रकार अवार्डस्’ दिनुपर्ने समेत लेखेका छन्।

सकारात्मक सोच बेलायतका संयोजक एवं एनआरएनए आइसीसी सल्लाहकार डमर घलेको ‘पत्रकारहरुलाई सामाजिक बहिष्कार गर्नुपर्ने’ स्टाटसमा क्षेत्रीले समाचार पछाडि कसैको हात रहेको आरोप लगाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell