PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मदनकृष्ण श्रेष्ठको किताब कलाकारलाई 



मदनकृष्ण श्रेष्ठको किताब कलाकारलाई 

काठमाडौं: मंगलबार कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा 'महको म' सार्वजनिक भएको छ। विमोचित पुस्तक नेवार कलाकारहरुलाई बाँड्ने कार्यक्रममा घोषणा भयो।
 
सुखावती प्रोडक्सनले विमोचन कार्यक्रममा संस्थाको तर्फबाट उक्त आत्मकथा वितरण गरिने जनायो। सय नेपालभाषी कलाकारहरुलाई कार्यक्रम आयोजना गरी पुस्तक प्रदान गर्ने बताइएको हो। विमोचन कार्यक्रममा राखिएको विशेष कभर सहितको पुस्तकको सय प्रति सुखावतीले खरिद गर्‍यो।
 
नेवार समुदायमा मदनकृष्ण श्रेष्ठलाई गायकको रुपमा चिन्ने धेरै छन्। उनको कलाकारिता यात्रा नेवार गीत गायनबाट सुरु भएको हो। श्रेष्ठले नेपाल भाषाको गीत र चलचित्र प्रवर्ध्दनका लागि पनि योगदान पुर्‍याएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell