PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

के भारत र चीनसँग नाक जुधाउन प्रत्यक्ष कार्यकारी प्रमुख चाहिएको हो?



पहिलोपोस्ट

के भारत र चीनसँग नाक जुधाउन प्रत्यक्ष कार्यकारी प्रमुख चाहिएको हो?

  • युग पाठक -
प्रश्नहरु पनि कहिलेकाहीँ रमाइला हुन्छन्। जस्तो एउटा प्रश्न, प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुनुपर्ने कि नपर्ने अथवा हुनुपर्छ भन्नेबारे बहस किन भइरहेको छ? 

आज एउटा राष्ट्रवादी किन भोलि अर्को राष्ट्रवादी भएन? एउटाले अर्कोलार्इ राष्ट्रवादी होइन भन्ने आरोप लगाउने नियम पनि जारी छ। 
कहिले को भरतको दलाल हुन्छ कहिले को दलाल हुन्छ। कसले सबैभन्दा ठूलो स्वरमा भारतलार्इ गाली गर्छ? भन्नेबारेमा पनि हाम्रो प्रतिस्पर्धा जारी छ।   

यो बीचमा हामीलार्इ प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुने कि नहुने भन्नेबारेमा बहस किन गर्नुपर्योर?   यो बहसको महत्व के छ? किन यो बारेमा कुरा गर्ने? किन कुरा नगरी नबस्ने? 

यस सँगै एउटा प्रसंग सुनाउँछु। केही दिन अगाडि पूर्व राष्ट्रपति रामवरण यादवले 'मैले कटुवाल काण्डमा असंवैधानिक कदम चालेकै हुँ' भन्नुभयो। जतिबेला चाल्नुभएको थियो त्यतिबेला भन्नुभएन। र, त्यतिबेला उहाँले साँच्चिकै संवैधानिक कदम चालेको हुँ भन्नुभएको थियो। 
र, पुरानो पत्रिका पल्टाएर हेरे हुन्छ। बुद्धिजीवी, नेता ठूला ठूला कुरा गर्ने सबै मान्छेहरु लागेर त्यतिबेला राष्ट्रपतिको कदम संवैधानिक छ भनेका थिए। अहिले अचानक रामवर‌ण यादवलार्इ झोक चल्यो।

त्यतिबेला उहाँ राष्ट्रपति हुनुहुन्थ्यो। उहाँको साँचो चलाएर कसैकसैले आफ्नो काम गराउन सक्थे। अर्थात् उहाँ सत्ताको  शक्तिको एउटा केन्द्र हुनुहुन्थ्यो। अहिलो उहाँ दूध दिने एउटा गार्इ पाए हुन्थ्यो भन्दै बस्नु भएको छ।  

अब उहाँसँग शक्ति छैन। अचानक उहाँलार्इ रियलाइज भयो कि त्यतिबेलाको कदम असंवैधानिक नै थियो भन्ने।

अब त्यसको स्पस्टिकरण किन कसरी भन्ने त ज्ञानेन्द्रसँग पनि छ। किन ‘कु’ गर्नु परेको थियो भन्ने, त्यो स्पस्टिकरण हिटलरसँग पनि छ। 
ताजुक के लाग्छ भने, कुनै कुनै कुरा हैन कि धेरै कुरा हाम्रो देशमा  किन दोहोरिएर आउँछन्? 

प्रत्यक्ष कार्यकारी हुने कि नहुने भन्नेबारेमा संविधान सभाको पहिलो चुनाव लगत्तै र त्यो भन्दा पनि अगाडि देखि व्यापक रुपमा बहस उठ्को थियो। त्यसको पक्षमा कुरा भए। 

अहिले समानुपातिक प्रणाली राख्ने कि नराख्ने भन्नेमै प्रश्न उठ्यो। अनौठो के हो भने समानुपातिक प्रणालीको ठीकसँग अभ्यास नै भएको छैन। संविधान सभाबाट संविधान बनाउनका लागि अभ्यास भएको थियो। चुनाव र राज्यका सबै स्थानीय अंगहरुमा ऐना जस्तो हुनुपर्छ भनेर समानुपातिक प्रणाली ल्याइएको थियो। त्यो प्रणालीलार्इ अहिले नै हामीले प्रश्न उठाउन थालिसक्यौं जबकि स्थानीय तहको चुनाव पनि सकिएको छैन। जुन संविधान कार्यान्वयनको पहिलो चरण हो। 

संविधान कति त्रुटीपूर्ण छ भन्नेकुरा त सबैले मानेको कुरा भयो। मानेको कुरा के भयो भने प्रत्यक्ष कार्यकारी त्यस संविधानमा छैन। त्यसैले त्यो त्रुटीपूर्ण छ। 

तर, केही दिन अगाडि संविधान त्रुटीपूर्ण छ भनेर एउटा संशोधन प्रस्ताव संसदमा गएको थियो। त्यो संशोधन प्रस्तावलार्इ हामीले विरोध गरेर आएको हो। 

साँच्चै हाम्रोमा कुराहरु किन दोहोरिन्छन्? दोहोरिने कुरा हुन्छन् हेर्नुस्। जंगबहादुर राणाले कोतपर्व गरेर शासन हत्याए। त्यस्तै अनेको घटनाहरु जे भइरहेका छन् नि कति आनन्दले भइरहेका छन्। 

त्यसरी आनन्दले संविधान मार्फत् हुँदै गरेको गज्जबको कुरा के हो भने हामीले ६२-६३ सालको आन्दोलन र त्यो भन्दा अगाडि माओवादीले चलाएको जनयुद्ध दुर्इवटा कुरा एक ठाउँमा जोडेर बनेको आन्दोलन थियो। तत्कालीन सात दल र माओवादीले मानेर ल्याएको कुरा के थियो भने हाम्रो नेपालमा विभिन्न उत्पीडित समुदाय छन्। विभिन्न उत्पीडित जातिहरु छन्। सबैको प्रतिनिधित्व राज्यले गरेको भएन। त्यसकारण नयाँ संविधान बनाउनुपर्यो्। 

त्यसै गरेर यो देशमा एउटा राजसंस्था भन्ने जिनिस छ। जसले अढाइ सय वर्ष शासन गर्दाखेरि यो देशलार्इ संसारको सबैभन्दा गरीब र संसारको सबैभन्दा धेरै विभेद र उत्पीडन भएको मुलुकको रुपमा ल्याइपुर्याोयो। आज अचाकन यहाँ फेरि राजतन्त्र ल्याउने कुरा उठ्यो।   
ताजुक लाग्छ मलार्इ। हाम्रो देशको यस्तो कुरा कति सजिलै चित्त बुझ्छ। राजसंस्थाको अवस्यक छ त भन्नुभयो तर अढाइ सय वर्ष शासन गरेर जनताको भलो चाहिँ किन नगरेको भन्नुभएन। कहिल्यै भन्नुहुन्न। किन भन्नुहुन्न भने हाम्रो देशमा एकदम सजिलो छ। पाँच वर्ष अगाडि मनपरी गर्नुस् पाँच वर्ष पछाडि गर्न त गरेकै हो तर… भन्नुहोस् त्यत्ति भए पुग्छ। 

प्रत्यक्ष कार्यकारीको कुरा उठेको हाम्रो देशमा स्थिर सरकारका लागि मात्र होइन। स्थिर सरकार वा स्थिर राजसंस्था यो देशमा भयो भने देशको भलो हुन्छ भन्ने मान्नुहुन्छ भने सबैभन्दा पहिले प्रत्यक्ष कार्यकारीको हाम्रो त्यो प्रिन्सिपल होइन ठान्नुस्। 

अथवा भारत तथा चीनसँग गएर नाक जुधाएर कुरा गर्नपनि चाहिएको होइन। कुरा गर्नका लागि त हुनुपर्योत नि क्षमता। 

धेरै युवाहरु देशबाट एक्टोर्ट हुन्छन्। देशमा युवाले काम नगरुन्जेल कुनै पनि हालतमा केही हुने होइन्। तपार्इँ  भारत देखि अरब कतार जानेदेखि मलेसिया देखि युरोप अमेरीका जानेसम्मका युवाहरुलार्इ जोड्नुस्। त्यो सम्पूर्ण जनसंख्यालार्इ हामी दैनिक एक्पोर्ट गरिरहेका हुन्छौं। 

डाक्टर पढाउने होस् अथवा इन्जिनियर पढाउने। सबै युवाहरुलार्इ हामीले विदेश पठाउने ट्रेन गरिरहेका छौं। अनि त्यहाँको कुनै प्रधानमन्त्रीलार्इ प्रत्यक्ष निर्वाचित गराइदिनु भयो। तरार्इले हुलाकी मार्ग बनाउन भारतलार्इ बोलाउनु छ रेल बनाउन चीनलार्इ बोलाउनु छ। 

हाम्रो देशको हरेक अंगमा ठुला ठुला देशका अन्तर्राष्ट्रिय आइएनजीओका कार्यक्रमहरु चल्छन्। अनि तपार्इँको प्रधानमन्त्री शक्तिशाली कसरी हुन्छ? 

चाहिएको के हो माथिबाट बनाउँन खोजेको हो भने राजा थियो। शक्तिशाली टाउको बोकेर बसेको बनाइदिन्थ्यो होला। अढार्इ सय वर्षमा २० वर्षमा स्वर्ग बनाइदिने भन्दै पञ्चायत चलाएको होइन र? 

त्यसैले प्रश्न प्रत्यक्ष कार्यकारी गर्ने कि नगर्ने भन्नेमा मात्र होइन। प्रश्न यो समाजको जग उठाउन थाल्ने कि नथाल्ने भन्ने हो। त्यसका निम्ति हामीसँग शक्तिशाली सरकार चाहिले भन्ने कुरा हो। अनिमात्र भारतसँग आँखा जुधाउने कि नजुधाउने भन्ने कुरा हुन्छ। 

(नयाँ शक्ति, नेपाल पार्टीको आयोजनामा लेखक एंव विश्लेषक राजनीतिक स्थायित्व, समृद्धि र सुशासनका निम्ति प्रत्यक्ष निर्वाचन राष्ट्रपतीय प्रणाली विषयक अन्तर्क्रियामा दिएको अभिव्यक्तिको सम्पादित अंश)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell