PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

फिल्म समीक्षक यज्ञशको 'भुइयाँ' विमोचित



पहिलोपोस्ट

फिल्म समीक्षक यज्ञशको 'भुइयाँ' विमोचित

काठमाडौ: पत्रकार एवं फिल्म समीक्षक यज्ञशको पुस्तक 'भुइयाँ' सार्वजनिक भएको छ। लेखक कुमार नगरकोटी र राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त मोहना अन्सारीले आइतबार पुस्तक लोकार्पण गरे। 

कुमार नगरकोटीले किताब विषय र भाषामा उत्कृष्ट रहेको टिप्पणी गरे। भने,'पुस्तकले दु:खमा डुबेकाहरुको वास्तविक कथा प्रस्तुत गरेको छ।' त्यस्तै मोहना अन्सारीले भने किताबले पिछडिएका सुकुम्बासी तराई बासीको यथार्थ प्रस्तुत गरेको तर्क राखिन्। उनले समाजशात्रका विद्यार्थीको लागि किताब रेफेरेन्स बन्न सक्ने बताइन्। भनिन्,'न्यायको लागि राज्यको विरुद्ध मुद्दा हाल्न परे अन्तराष्ट्रिय फोरममा प्रमाण बन्न सक्ने किताब हो भुइयाँ।'

लेखक यज्ञश आफूले निकै सामान्य मान्छेहरुको कथा प्रस्तुत गर्न खोजेको बताए। 'समाजमा भोगिएको दु:खको धेरै कथा छन् तर ती कथा देखिएका छैनन्। त्यसैले मैले देखाउने प्रयत्न गरेको हुँ', किताब बारे यज्ञश भन्छन्,'किताबमा अपत्यारिलो कथाहरु भन्ने कोसिस गरेको छु। फिल्मको झै लाग्ने कथा र सेटिङ यथार्थमा छन्। त्यसैलाई देखाउने प्रयत्न हो भुइयाँ।' उनले आफ्ना कथाहरुले सामाजिक र राजनीतिक आन्दोलनको औचित्यमाथी प्रश्न उठाउने ठाउँ बनाउने आशा व्यक्त गरे।

फाइनप्रिन्टले प्रकाशन गरेको किताबमा १२ कथा समावेश छन्। १९० पानाको  पुस्तकको मुल्य ३८८ रुपैयाँ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell