PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कुमार नगरकोटीको 'दोचा' सार्वजनिक



पहिलोपोस्ट

कुमार नगरकोटीको 'दोचा' सार्वजनिक

काठमाडौं: फिक्सन डिजाइनरको पहिचान बनाएका लेखक कुमार नगरकोटीको पुस्तक 'दोच' लोकार्पण भएको छ। शनिबार काठमाडौंमा कार्यक्रम आयोजना गरी सांगीतिक प्रस्तुती सहित उनको सम्बन्ध संस्मरण सार्वजनिक गरिएको हो।

संस्मरणात्मक किताब लोकार्पण नगरकोटीका साथीहरु अक्षय अधिकारी र रवि मल्लले गरे।

कुमार नगरकोटीका विद्यार्थी समेत रहेका संगीतकर्मी अंकितबाबु अधिकारीले कुमारको गीत 'हेलो जिन्दगी' गाएर कार्यक्रमको सुरुवात गरेका थिए। विमोचन कार्यक्रममा दोचामाथी पत्रकार शेखर खरेलले भने,'कथा प्रस्तुतीको फरक तरिका किताबमा प्रयोग गरिएको छ। उसको कथा चरा र वस्तुहरुले भन्नु निकै रोचक लाग्छ।' खरेलले साधारण कथाहरुको असाधारण प्रस्तुती नै किताबको विशेषता भएको टिप्पणी गरे।

संस्मरण बारे कुमार नगरकोटीले पनि रोचक तथ्यहरु बताए। हिमाली भेगमा प्रयोग गरिने जुत्ता 'दोचा'सँगको सम्बन्धलाई किताबको नाम दिएको प्रष्ट पारे। बुवाको कामका कारण डोल्पामा बसेका उनलाई मित आमाले न्यानो दोचा दिएकी थिइन्। मन परेर सधैं सँगै राखेको जुत्ता आफूसँगै ल्याउन भने पाएनन्। 'मैले आफ्ने सामानहरु समेत त्यसैमा राख्थें। मन परेर पनि ल्याउन नपाएको त्यो दोचामा एयरपोर्टमा छुटेको हो', उनले दोचा बारे बताए। कार्यक्रममा डोल्पाबाट पठाइएको दोचा समेत देखाइएको थियो।

बुकहिल पब्लिकेसनले प्रकाशन गरेको दोचा २६५ पाना लामो छ। संस्मरणको मुल्य ५०० रुपैयाँ राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell