PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कतै तपाईँको पनि इन्स्टाग्राम ह्याक त भएन? सेलिब्रिटीसहित ६० लाखको ह्याक



कतै तपाईँको पनि इन्स्टाग्राम ह्याक त भएन? सेलिब्रिटीसहित ६० लाखको ह्याक

सेलेना गोमेजका साढे १२ करोड इन्स्टाग्राम फलोअरहरु त्यतिबेला छक्क परे जब दुई दिन अगाडि उनको इन्स्टाग्राम अकाउन्टबाट उनको र उनका पूर्व प्रेमी जस्टिन बिबरको नाङ्गो फोटो पोस्ट हुन थाल्यो। 

वास्तवमा सेलेना हैन ह्याकरहरुको काम थियो त्यो। 

ह्याकरहरुको एउटा समूहले ६० लाख इन्स्टाग्राम अकाउन्ट ह्याक गरी गोप्य जानकारी हात पारेको टेकक्रञ्चले जनाएको छ। उनीहरुले अहिले वेबमा ती जानकारीहरु बिक्रीका लागि राखेका छन्। 

इन्स्टाग्रामले पनि सुरक्षामा कमजोरी रहेको स्वीकार गरेको छ तर कति वटा अकाउन्टको भन्नेबारे केही खुलाएको छैन। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell