PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मोटरसाइकल किन्ने विचार छ? नाडामा यस्तो छ स्किम



मोटरसाइकल किन्ने विचार छ? नाडामा यस्तो छ स्किम

काठमाडौं : राजधानीमा सुरु भएको नाडा अटो शो मा मोटरसाइकल विक्रेताले विभिन्न स्किम ल्याएका छन्। मेलामा बाइक किन्ने ग्राहकहरुले कम्तिमा ६ हजार रुपैयाँदेखि बढीमा ५० हजार रुपैयाँसम्म नगद छुट पाउने छन्।



होन्डा कम्पनीको बाइकमा भने कुनै स्किम घोषणा गरिएको छैन। रोयल इन्फिल्ड र टेरा मोटरबाइक किन्दा तीन हजारदेखि पाँच हजार रुपैयाँ बराबरको नगद छुट र गिफ्ट भौचर मात्रै पाउनेछन्।

कुनै कम्पनीले भने नगद छुट नदिएर एसेसरिजहरु मात्र उपहार स्वरुप दिँदैछन्। भेस्पाको स्कुटर वा अप्रिलाको बाइक किन्दा १८ हजार रुपैयाँसम्मको एसेसरिज पाउने छन्।
 

बाईक कम्पनीको नाम नगद छुट (रुपैयामा) लक्की ड्र (बम्पर) स्क्रयाच कुपन एसेसोरिज
टिभिएस ७ देखि ९ हजार दैनिक १ तोला सुन छैन छैन
महिन्द्रा १० हजार छैन छैन छैन
बजाज छैन छैन ६ हजार देखि ६ लाख रु दुई हजार रु
सुजुकी ७ देखि ९ हजार केनर कार १ हजार देखि १ लाख रु छैन
हिरो ६ हजार साप्ताहिक एक लाख १ हजार देखि १ लाख रु छैन
यामाहा ७ हजार स्कोडा कार साप्ताहिक १ लाख रु छैन
यूएम १२ हजार सिंगापुर टुर छैन सरप्राईज गिफ्ट
रनर १८ हजार रनर १५० सिसि वाईक छैन छैन
बेनीली २० देखि ५० हजार छैन छैन छैन
एसवाईएम १० हजार छैन छैन हेलमेट र वाईक कभर
सिएफ मोटो छैन दुई वटा वाईक छैन छैन
 

नाडामा सबैभन्दा बढी नगद छुट दिने कम्पनीमा बेनीली रहेको छ। बेनीलीले कम्तीमा २० हजार रुपैयाँ देखि ५० हजार रुपैयाँसम्म नगद छुट दिने योजना ल्याएको छ।

दोस्रो बढी छुट दिने कम्पनीमा नेपालमा पहिलोपटक आएको रनर ब्राण्डको बाइक कम्पनी रहेको छ। रनरले कम्तिमा १८ हजार रुपैयाँ नगद छुट दिनेछ।

तेस्रो धेरै छुट दिने कम्पनीमा यूएम मोटर रहेको छ। यूएमले कम्तीमा १२ हजार रुपैयाँ सबैलाई छुट दिने छ। चौथो बढी छुट दिने कम्पनीमा महिन्द्रा र एसवाईएम कम्पनी रहेका छन्। यी कम्पनीले कम्तिमा १० हजार रुपैयाँ सबैलाई छुट दिने छन्। महिन्द्राले मोजो बाइकमा भने छुट दिने छैन।

हिरो, बजाज, यामाहा, टिभिएस र सुजुकीले ६ हजार रुपैयाँ देखि ९ हजार रुपैयाँ सम्म छुट दिने छन्।
 
 

बाईक किन्न ९ देखि १८ प्रतिशत सम्म ब्याजदर, किस्ता अवधि दुईदेखि पाँच वर्षसम्म

बाईक किन्नकालागि कम्पनीले दिने ऋणको ब्याजदर पनि फरक फरक छ। ब्याजदर ९ प्रतिशतदेखि १८ प्रतिशत सम्म छ। डाउन पेमेन्ट ३० प्रतिशतदेखि ५० प्रतिशत तिरे पुग्छ भने किस्ता अवधिमा दुई वर्षदेखि ५ वर्षसम्मको सुविधा छ।
 
बाईक कम्पनीको नाम डाउन पेमेन्ट ब्याजदर किस्ता अवधि
टिभिएस ४० प्रतिशत १३ प्रतिशत दुई वर्ष
महिन्द्रा ३० प्रतिशत १५ प्रतिशत तीन वर्ष
बजाज ४० प्रतिशत १६ प्रतिशत तीन वर्ष
सुजुकी ३० प्रतिशत १५ प्रतिशत पाँच वर्ष
होण्डा ४० प्रतिशत १३.५० प्रतिशत दुई वर्ष
हिरो ४० प्रतिशत ९ प्रतिशत दुई वर्ष
यामाहा ४० प्रतिशत १४ प्रतिशत दुई वर्ष
भेस्पा ५० प्रतिशत १८ प्रतिशत दुई वर्ष
यूएम ४० प्रतिशत १५ प्रतिशत दुई वर्ष
रनर ४० प्रतिशत १६ प्रतिशत दुई वर्ष
बेनीली ५० प्रतिशत १५ प्रतिशत तीन वर्ष
एसवाईएम ५० प्रतिशत   दुई वर्ष
रोयल ईन्फ्लुईड ४० प्रतिशत १४ प्रतिशत दुई वर्ष
 


सुजुकीका बाईकहरु किन्दा पाँच वर्षसम्म किस्ता तिर्न सकिन्छ। डाउन पेमेन्ट ३० प्रतिशत तोकेको सुजुकीको लागि ब्याजदर १५ प्रतिशत राखिएको छ।

त्यसैगरी, महिन्द्रा बजाज र बेनीलीको बाईक किन्दा तीन वर्षसम्म किस्ता तिर्न मिल्छ। डाउन पेमेन्ट भने महिन्द्राको ३०, बजाजको ४० र बेनीलीको ५० प्रतिशत छ। ब्याजदर भने बजाजको १६ प्रतिशत र अन्य दुई कम्पनीको १५ प्रतिशत रहेको छ।
हिरो मोटरसाईकल किन्दा ४० प्रतिशत डाउन पेमेन्ट तोकिएको छ। दुई वर्षे किस्ता अवधिमा पाईने हिरोका बाईक किन्दा ९ प्रतिशत मात्रै ब्याजदर तिर्नुपर्छ।

टिभिएस र होण्डाको बाईक किन्दा ४० प्रतिशत डाउन पेमेन्ट तोकिएको छ। ब्याजदर भने १३ प्रतिशत तिर्नुपर्ने छ। किस्ता अवधि भने दुई वर्षको हुनेछ।

अन्य बाईक कम्पनीले १५ प्रतिशत हाराहारी ब्याजदरमा ऋण दिने छन् भने डाउन पेमेन्ट ४० देखि ५० प्रतिशत सम्म लिनेछन्। किस्ता अवधि भने दुई वर्षकै हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell