PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रिमियर लिग : चेल्सीको दोस्रो जित



पहिलोपोस्ट

प्रिमियर लिग : चेल्सीको दोस्रो जित

साविक विजेता चेल्सीले प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको छ। आइतबार भएको खेलमा चेल्सीले एभरटनलाई २-० ले हरायो।

चेल्सीको जितमा सेस फाब्रेगास र अल्भारो मोराटाले गोल गरे। दुवै गोल पहिलो हाफमा भएको थियो।

पहिलो खेलमै बर्नलेसँग पराजित भएको चेल्सीले त्यसपछि टोटनहमलानई पराजित गरेको थियो। दुई जितपछि ३ खेलबाट ६ अंक जोडेको चेल्सी अंक तालिकामा पाँचौ स्थानमा छ।

यस्तै स्टोकसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको वेष्टब्रोम ७ अंकका साथ चौथो स्थानमा छ। जे रोड्रिगेजले गोल गर्दै वेष्टब्रोमलाई पहिले अग्रता दिलाएपनि पिटर क्रउचले स्टोकका लागि बराबरी गोल पर्काएका थिए।

लिगमा ३ खेलबाट ९ अंक जोडेको म्यानचेष्टर युनाइटेड शीर्ष स्थानमा छ। आजै लिभरपुल र आर्सनलबीच खेल हुँदैछ भने टोटनहमले बर्नलेसँग प्रतिस्पर्धा गर्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell