PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दक्षिण कोरियाकी प्रथम महिला प्रधानमन्त्री सुक जेलमुक्त



रासस

दक्षिण कोरियाकी प्रथम महिला प्रधानमन्त्री सुक जेलमुक्त
फोटो श्रोतः indianexpress.com/

दक्षिण कोरिया :  दक्षिण कोरियाकी प्रथम महिला प्रधानमन्त्री हान म्योन सुकले सजाय भुक्तान गरी बुधबार जेलबाट रिहा भएकी छन्। 

७३ वर्षीया नेतृ सुकलाई गैरकानुनी राजनैतिक कोष स्वीकार गरेको अभियोगमा दुई वर्षे जेल सजाय तोकिएको थियो। 

उनले सन् २००६ को अप्रिलदेखि एक वर्ष दक्षिण कोरियाको प्रथम प्रधानमन्त्रीका रूपमा तत्कालिन राष्ट्रपतिको रोह मु ह्युनको मातहतमा रहेर काम गरेकी थिइन्। उनी दक्षिण कोरियाको इतिहासमा जेल जाने पहिलो पूर्व प्रधानमन्त्री हुन्। 

हानमाथि सन् २०१५ मा सात लाख ६० हजार अमेरिकी डलर बराबरको रकम आफ्नो दलको राष्ट्रपतीय निर्वाचनको मनोनयनका लागि एक व्यापारीबाट सन् २००७ मा गैरकानूनी रूपमा लिएको अभियोगमा अदालतले दुई वर्षको जेल सजाय सुनाएको थियो। 

तर हानले तत्कालिन अनुदारवादी सरकारले सरकारी अभियोजक (कानूनी अधिकारीलाई) प्रयोग गरी आफ्नो ख्यातीलाई बदनाम गराउन दोषी ठहर गराएको भन्दै आरोपको खण्डन गर्दै आएकी छन्। 

बुधबार विहान जेलमुक्त हुँदा नेतृ सुकको स्वागत गर्न उनका हजारौँ समर्थक तथा कैयौँ राजनीतिक सहकर्मी सोलको बाहिरी क्षेत्रमा रहेको जेल परिसर बाहिर भेला भएका थिए। 

कोरियाली समाचार संस्था योन्हापले सुकको भनाईलाई उद्धृत गर्दै भनेको छ, ‘दुई वर्ष जेल रहँदा कठीन पीडाको सामना गर्नुपरेको थियो। अन्ततः नयाँ संसार पाएको र यसप्रति आभारी छु।’ 

दक्षिण कोरियामा सुक बाहेक पनि विभिन्न भ्रष्टाचार अभियोगमा पूर्व नेता तथा राष्ट्रपतिहरू जेल परेका छन्। 

चुन दु ह्वान, रोह ताए उ जस्ता शक्तिशाली नेतालाई भ्रष्टाचार तथा राष्ट्रघात अभियोगमा र पूर्व राष्ट्रपति रोह मु ह्युनलगायतका अन्य नेताहरूले पनि जेल सजाय पाएका छन्। 

दक्षिण कोरियामा भ्रष्टाचार आरोपमा संसदबाट महाभियोग लगाइएपछि अदालतको फैसलाद्वारा पदबाट हटाइएकी पूर्व राष्ट्रपति पार्क ग्युन हे पहिलो महिला राष्ट्रपति हुन्। उनी पनि अहिले जेलमा छिन्। रासस/एएफ्पी 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell