PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मोदी निवास लोककल्याण मार्गमा देउवाको 'अनसेड्युल्ड मिटिङ'



मोदी निवास लोककल्याण मार्गमा देउवाको 'अनसेड्युल्ड  मिटिङ'
फोटो : एएनआई

नयाँ दिल्ली : भारतको पाँच दिने भ्रमणका लागि आज नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाको वान टु वान मिटिङ नयाँ दिल्लीमै रहेको हैदरावाद हाउसमा भोलि ११ बजेर २५ मिनेटमा मात्रै थियो। 

तर भारतीय समाचार एजेन्सी एएनआईले आज साँझ अकस्मात् एउटा फोटो सार्वजनिक गर्‍यो, जसमा दुई प्रधानमन्त्री साथै देखिन्थे।

एएनआईका अनुसार 'विशेष न्यानो स्वागत' गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो निवासमा प्रधानमन्त्री देउवालाई रिसिभ गरेका थिए। यो अनसेड्युल्ड अर्थात् पूर्व निर्धारण नभएको कार्यक्रम भएको पनि न्युज एजेन्सीले उल्लेख गरेको छ। 

भारतीय प्रधानमन्त्रीको निवासलाई पहिले सेभेन, रेस कोर्स रोड भनिन्थ्यो। अहिले भने त्यसको नाम परिवर्तन गरेर लोक कल्याण मार्ग राखिएको छ। 



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्विट गर्दै निकट र मित्र राष्ट्र नेपालका प्रधानमन्त्री देउवालाई स्वागत गर्न पाउँदा खुसी भएको र भोलि वृहत् कुरा हुने उल्लेख गरे। 
 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell