PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

न्यू डायमण्ड र एपीएफ उपाधिनजिक



पहिलोपोस्ट

न्यू डायमण्ड र एपीएफ उपाधिनजिक

पोखरा : डिफेन्डिङ च्याम्पियन शिवम् न्यू डायमण्ड एकेडेमी र विभागीय एपीएफ क्लब रेडबुल राष्ट्रिय महिला खुल्ला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

पोखराको लामाचौरमा तीज महोत्सबको अवसरमा भएको प्रतियोगिताको सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन न्यू डायमण्डले पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघलाई सोझो सेटमा हराउँदै पाँचौँ पटक उपाधि नजिक पुगेको छ।

नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरको इन्द्रराज्य लक्ष्मी माविमा भएको सेमिफाइनलमा न्यु डायमण्डले पश्चिमाञ्चललाई २५–१६, २५–१९ र २५–१७ ले पराजित गर्‍यो।

त्यस्तै दोस्रो सेमिफाइनलमा सशस्त्र प्रहरी बलको एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हरायो। एपीएफले पुलिसमाथि २५–१०, २५–२१ र २५–२० को जित निकाल्यो।

पहिलो संस्करणदेखि नै फाइनलमा पुग्दै आएको एपीएफ छैटौँ पटक फाइनल पुगेको हो।

फाइनल पुग्नु अघि एपीएफले वर्षात् कारण मंगलबार स्थगित भएको लिगको खेलमा पश्चिमाञ्च र जाउलाखेललाई ३–० को सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो। पहिलो लिग खेलमा पश्चिमाञ्चललाई २५–११, २५–९ र २५–१५ तथा दोस्रो खेलमा जाउलाखेललाई २५–६,२५–९ र २५–७ ले हराउँदै पुलिससँगको भेट पक्का गरेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell