PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

तीर्थ खनियाविरुद्ध विवेकशील साझाको घन्ट सभा!



पहिलोपोस्ट

तीर्थ खनियाविरुद्ध विवेकशील साझाको घन्ट सभा!

काठमाडौं : डाक्टर गोविन्द केसीसँग गरेको सम्झौता उल्लंघन गर्दै काठमाडौँ नेशनल मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालयले सम्बन्धन दिएको भन्दै उपकुलपति तीर्थ खनियाको राजिनामा माग गर्दै आज विवेकशील साझा पार्टीका कार्यकर्ताले हनुमानस्थान अगाडि ‘घण्ट’ सभा गरेका छन्। 

झुटो प्रतिवेदन बनाएर कुनै पनि पूर्वाधार पूरा नगरेको कलेजलाई सम्बन्धन दिएको भन्दै उनीहरुले उपकुलपतिको राजिनामा माग गर्दै ‘घण्ट’ सभा गरेका हुन्।
 
‘घण्ट’ सभामा विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य शशीबिक्रम कार्कीले ३ करोड नेपालीको आवाजलाई प्रतिनिधित्व गर्ने डाक्टर केसीको माग लत्याउँदै दिइएको सम्बन्धन गैर कानुनी भएको बताए। उनले उपकुलपति खनियाको राजिनामा माग गरे।

उनले उक्त सम्बन्धन तत्कालै खारेज गरी माथेमा आयोगको प्रतिवेदन अनुरुप चिकित्सा शिक्षा ऐन पास गरेर मात्र सम्बन्धनको काम आगाडि  बढाउनु पर्ने बताए।

पार्टीले बिहीवार दिउँसो १ बजे अख्तियार दुरपयोग अनुसन्धान आयोग अगाडि पनि घण्ट सभा गर्ने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell