PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

साफ यू-१५ च्याम्पियनसिप : भारतसँग नेपाल पराजित

साफ यू-१५ च्याम्पियनसिप : भारतसँग नेपाल पराजित


काठमाडौं : साफ अन्डर १५ च्याम्पियनसिप अन्तर्गत समूह बी को अन्तिम खेलमा घरेलु टोली नेपाल भारतसँग पराजित भएको छ। बुधबार
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपाल भारतसँग २-१ ले पराजित भएको हो।

भारतको जितमा कप्तान विक्रम प्रताप सिंह र रवि बहादुर रानाले एक एक-गोल गरेका थिए। नेपालको तर्फबाट भने कप्तान रोशन राणा मगरले एक गोल फर्काए।

पाएको पेनाल्टीमा गोल गर्न नसकेपछि रिबाउन्ड भएको बलमा गोल भएको थियो। 

हारसँगै नेपाल समूह 'बी'को उपविजेता बनेको छ। नेपालले सेमिफाइनलमा समूह ए को विजेता बंगलादेशसित खेल्नेछ। यसअघिको खेलमा नेपालले माल्दिभ्सलाई ६-० गोल अन्तरले विजय हासिल गरेको थियो।


ट्रेन्डिङ पोस्ट

Ncell