PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रियङ्का चोपडाले मनाइन् स्वर्गीय बुबाको जन्मदिन



पहिलोपोस्ट

प्रियङ्का चोपडाले मनाइन् स्वर्गीय बुबाको जन्मदिन

बलिउड अभिनेत्री प्रियङ्का चोपडाले आफ्नो स्वर्गीय बुबाको जन्मदिन मनाइन्। स्वर्गीय अशोक चोपडाको सम्झनामा उनले जन्मदिन विशेष बनाएकी हुन्। प्रियङ्काले 'ह्याप्पी बर्थ डे ड्याड' लेखिएको केक काटेर पिताको जन्मदिन मनाइन्।

अशोक चोपडाको निधन सन् २०१३ मा भएको हो। आठ वर्षसम्म क्यान्सरले सताएको उनको मुम्बईको कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। अशोकको यो ६७ औं जन्मदिन हुन्थ्यो। उनले अगस्त २३ बिहानै इन्स्टाग्राममार्फत् बुबाको जन्म दिनबारे जानकारी सार्वजनिक गरेकी हुन्। लेखेकी छिन्,'तपाईं सधैं मेरो हिरो रहनु हुनेछ।'
 

प्रियङ्का बुबाको निकै नजिक थिइन्। उनले आफ्नो दाहिने हातमा खोपेको ट्याटुमा लेखिएको छ 'ड्याडिज लिल गर्ल'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell