PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

किन सुचारु भएन आनन्दबजार नाका, के भन्छन् स्थानीयवासी ?



रासस

किन सुचारु भएन आनन्दबजार नाका, के भन्छन् स्थानीयवासी ?
फाइल फोटो

भीमदत्तनगर :  कञ्चनपुरको पुनर्वास नगरपालिका–४ स्थित आनन्दबजार नाका पाँच महिना बितिसक्दा पनि सामान्य बन्न सकेको छैन। 

गत फागुन २६ गते भारतीय सुरक्षाकर्मीको गोली लागेर शाहादत प्राप्त गरेका पुनर्वासका शहीद गोविन्द गौतमको निधनपछि नेपाल–भारत आनन्दबजार नाका ठप्प थियो।

तर घटना घटेको ६ महिनाभन्दा बढी समय बितिसक्दा पनि नाकाबाट नेपाल तथा भारतीय नागरिकले हिँडडुलसमेत गरेका छैनन्। 

सीमा नाकामा रहेको अस्थायी कल्भर्ट निर्माणको विषयलाई लिएर घटना भएको थियो। घटनाका बेला केही दिन असुरक्षाका लागि स्थानीय प्रशासनले नाकामा आवागमन रोकेको थियो।

इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख प्रहरी निरीक्षक दलराम टमाटाले आनन्दबजार नाका अझै पूर्णरुपमा प्रभावित रहेको बताए। 

नाका सुचारु नहुँदा सीमावर्ती भारतीय बसही बजार सबैभन्दा बढी प्रभावित बनेको छ। बसही बजारमा किनमेलका लागि जाने स्थानीयवासी घटनापछि धनगढी, बेलौरी, भीमदत्त नगरलगायतका बजारमा किनमेलका लागि जाने गरेका छन्। 

नेपाल–भारतका स्थानीय प्रशासनस्तरमा नाका सहज बनाउने विषयमा पहल गर्ने छलफल चले पनि समाधान भने भएको छैन। नाका असहज बन्दा व्यापारसमेत प्रभावित बनेको छ। 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले घटनाका बेला तत्काल असहज अवस्था आउन नदिन नाका बन्द मात्रै गरिएको जानकारी दिए। 

त्यसैगरी नाका सुचारु गर्नेबारे पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले नाका सुचारु गर्न पहल गरिदिन भन्दै स्थानीयवासी आफू कहाँ आएको बताए। 

भारतीय पक्षले पनि नाका सुचारु गर्न पुनर्वास नगरपालिकामा पत्राचार गरेको जानकारी दिए। आनन्द बजारवासी भने अझै पनि घटनाको विषयलाई लिएर भारतीय पक्षले माफी माग्नुपर्ने बताउँदै आएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell