PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पत्रकारलाई रामचन्द्र पौडेलको आग्रहः व्यवसायिक पत्रकारिताको विकासमा लाग्नुस् 



रासस

पत्रकारलाई रामचन्द्र पौडेलको आग्रहः व्यवसायिक पत्रकारिताको विकासमा लाग्नुस् 

काठमाडौँ :  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पत्रकारको हक अधिकारलाई सुरक्षित गर्दै व्यवसायिक पत्रकारिताको विकासमा लाग्न नवनिर्वाचित नेपाल पत्रकार महासंङ्घको कार्यसमितिलाई आग्रह गरेका छन्। 

नेपाल पत्रकार महासङ्घको २५ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीको सम्मानमा बुधबार आयोजना गरिएको कार्यक्रममा पौडेलले संविधान कार्यान्वयन र लोकतान्त्रिक मूल्य मान्यतालाई बलियो बनाउन महासङ्घलाई महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे। 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले मुलुकको विकासका लागि पत्रकारको महत्वपूर्ण भूमिका रहेकाले त्यहीअनुसार सूचना सम्प्रेषण गर्नुपर्ने बताए। 

नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले पत्रकारले आफ्नो धर्मअनुसार व्यवसायिक मूल्य मान्यतालाई निभाएर समाचार सम्प्रेषण गर्नुपर्ने बताइन्। 

महासङ्घका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले महासङ्घलाई साझा संस्थाका रुपमा अगाडि बढाउने बताउँदै महासङ्घ सबैको हो भन्ने अनुभूति दिलाउने गरी काम गर्ने स्पष्ट पारे। कार्यक्रममा पौडेलले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई माला लगाएर सम्मान गरेका थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell