PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

स्पोर्ट्स अवार्डका लागि एनएसजेएफ र डिसहोमबीच सम्झौता



पहिलोपोस्ट

स्पोर्ट्स अवार्डका लागि एनएसजेएफ र डिसहोमबीच सम्झौता

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले पल्सर स्पोर्ट्स अवार्डका लागि डिसहोम एस्सन स्पोर्ट्ससँग एक वर्षको सम्झौता गरेको छ।

बुधबार एक कार्यक्रमकाबीच एनएसजेएफका अध्यक्ष महेश आचार्य र डिस मिडिया नेटवर्कका सिइओ सुदीप आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरे।

एक वर्षका लागि गरिएको सम्झौता अनुसार डिसहोमले एनएसजेएफलाई २ लाख ५० हजार नगरसहित ३ लाख ८० हजार बराबरको प्रायोजन गर्नेछ।

डिसहोम एक्सन स्पोर्ट्सले विभिन्न ८ विधाका विजेतालाई डिसहोमको सेट अप बस्क र एक वर्षसम्मको रिचार्ज कार्ड प्रदान गर्नेछ। यस्तै पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका खेलाडीलाई भोट गर्नेमध्ये गोलाप्रथाबाट छनोट गरिएका पाँच जनालाई पनि सेट अप बक्स र एक वर्षसम्म रिचार्ड कार्ड प्रदान गरिनेछ।

गतवर्ष भन्दा यस पटक नगदमा ५० हजार वृद्धि गरि भोटिङ गर्नेलाई पनि सेट अप बक्स दिने निर्णय गरिएको हो।

सम्झौतापछि डिसहोमका सिइओ सुदीप आचार्यले सातौँ वर्षसम्म स्पोर्टस अवार्डसँग जोडिन पाउँदा खुसी व्यक्त गरे। उनले डिसहोम र स्पोर्ट्स उस्तै भएकोले अवार्ड र खेलकुद दुवैमा निरन्तरता दिने बताए।

यस्तै, अर्को वर्षदेखि सम्भवत डिसहोमले नै अवार्डको प्रत्यक्ष प्रसारण गर्ने पनि उनले जनाए। यसपटक भने एनएसजेफले एभिन्युज टेलिभिजनसँग प्रत्यक्ष प्रसारणका लागि सम्झौता गरिसकेको छ।

यही भदौ २६ गते हुने १४औँ संस्करणको अवार्डमा विभिन्न ८ विधामा अवार्ड प्रदान गरिनेछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell