PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ऋषि धमलाकी श्रीमतीले अब फिल्म खेल्ने, नाम तय हुन बाँकी



पहिलोपोस्ट

ऋषि धमलाकी श्रीमतीले अब फिल्म खेल्ने, नाम तय हुन बाँकी

काठमाडौं: पत्रकार ऋषि धमलाकी पत्नी अब फिल्म क्षेत्रमा सक्रिय हुने खबर सार्वजनिक भएको छ। एलिजा गौतमले आफ्नै निर्माणमा बनाउने फिल्ममार्फत डेब्यु गर्ने भएकी हुन्। अनटाइटल्ड प्रोजेक्टको केही क्रुको नाम सहित खबर सार्वजनिक भएको थियो।

फिल्ममा गौतम स्वयंम नायिका रहनेछिन् भने मोडल दीपक घिमिरे उनको अपोजिटमा देखिने बताइएको हो। घिमिरे भन्छन्,'फिल्मको लागि कुरा त भएको हो। तर कुरा हुँदैमा काम हुन्छ भन्ने निश्चित छैन।' उनले फिल्म बन्ने भयो भने ‍औपचारिक घोषणा चाडे हुने बताए। फिल्मको संगीतकारका रुपमा भने सुगम पोखरेलको नाम बताइएको छ।

खबर बारे फिल्मका लागि निर्देशक रहने भनिएका सत्यराज चौंलागाईं केही बोल्न चाहँदैनन्। उनले भने,'साथी साथी बिचको कुरा त काम गर्ने पक्का नभएसम्म खबर बन्नु हुन्न। खबर बनाउनु पर्ने भए त हामी प्रेस सम्मेलन गरी हाल्छौ नि।' उनले प्रचारको लागि मात्र अपुस्ट खबर प्रवाह नगर्न आग्रह समेत गरे।

फिल्मको अनुमानित रकम एक करोड रहेने र फिल्म दशैं र तिहारको बिचमा छायांकनको लागि फ्लोरमा उत्रने खबर फैलिए पछि धमलासँग यस विषयमा बुझ्न खोज्दा उनी केही बोल्न चाहेनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell