PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अनमोल केसी र केकी अधिकारी ठहरिए उत्कृष्ट



पहिलोपोस्ट

अनमोल केसी र केकी अधिकारी ठहरिए उत्कृष्ट

काठमाडौं: 'दोस्रो खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड'मा अभिनेता अनमोल केसी र अभिनेत्री केकी अधिकारी उत्कृष्ट ठहरिए। कोलोराडोको डेनभर सहरमा सम्पन्न अवार्ड कार्यक्रममा यी दुईले दुई शिर्ष विधाको अवार्ड हात पारेका हुन्। अनमोल फिल्म 'गाजलु'का तर्फबाट उत्कृष्ट नायक र केकीले फिल्म 'लभ सासा'का तर्फबाट उत्कृष्ट नायिकाको अवार्ड हात पारेका हुन्।

नेपालका लागि पूर्व अमेरिकी राजदूत श्री स्कट एच डेलिसीको प्रमुख आतिथ्यता र नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको विशेष आतिथ्यता बिच आयोजना भएको अवार्ड कार्यक्रममा फिल्म छक्कापञ्जाले उत्कृष्ट फिल्मको लागि अवार्ड हात पार्योय। उक्त फिल्मकै लागि दीपाश्री निरौला उत्कृष्ट निर्देशक घोषित भइन्। कार्यक्रममा कलाकार टिका पहारीलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरियो।



अवार्डको दोस्रो संस्करणमा नेपालका बाढी पहिरो प्रभावितहरुको सहयोगार्थ सहयोग संकलन समेत गरेको बताइएको छ। आयोजक संस्था नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले दिएको जानकारी अनुसार कार्यक्रममा सहभागिहरुको तर्फबाट ५,४१४ डलर सहयोग सङ्कलन भएको छ। संकलित रकम ग्लोबल नेपाली फिल्म अवार्डको तर्फबाट चलचित्र कलाकार सङ्घ मार्फत नेपालमा पठाइने जानकारी गराइएको छ।

नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार र प्रर्दशन प्रवर्धन गरि नेपाली कला संस्कृतिलाई विश्वसामु चिनाउने उदेश्य रहेको र ग्लोबल नेपाली फिल्म अवार्ड आगामी दिनहरुमा विश्वको अन्य मुलुकहरुमा समेत आयोजना गर्दै लैजाने अध्यक्ष तथा नायक नवराज श्रेष्ठले बताए। नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्मी अवार्ड कमिटीको संयुक्त आयोजनामा खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड हुँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell