PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रधानमन्त्री देउवा भारत प्रस्थान, यस्तो छ पाँच दिने भ्रमणको सेड्युल

प्रधानमन्त्री देउवा भारत प्रस्थान, यस्तो छ पाँच दिने भ्रमणको सेड्युल

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने औपचारिक भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्। नेपाल एयरलाइन्सको नियमित उडानमा देउवा भारत प्रस्थान गरेका हुन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा भारत प्रस्थान गरेका हुन्।

देउवाको भ्रमण टोलीमा पत्नी आरजु राणा, उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाल सरकारका सचिव, निजी क्षेत्रका उद्योगी तथा व्यवसायी, सचिवालयका कर्मचारी लगायत छन्।

पाँच दिने भ्रमण सकेर प्रधानमन्त्री आइतबार स्वदेश फर्कने कार्यक्रम छ।

 

यस्तो छ भ्रमण कार्यतालिका

भदौ ७ गते, बुधबार

बिहान ११:१५  नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

बेलुकी ७ बजे :  असोछामद्वारा आयोजित व्यापारिक कार्यक्रममा सहभागी हुने। स्थान ताजमहल होटल


भदौ ८ गते, बिहीबार

प्रधानमन्त्रीको भ्रमणको यो दिन महत्त्वपूर्ण छ। बिहानैदेखि रातिसम्म विभिन्न कार्यक्रममा प्रधानमन्त्री व्यस्त हुनेछन्।

बिहान ९ बजे : राष्ट्रपति भवनमा सेरेमोनियल रिसेप्सन

बिहान ९:३० बजे : महात्मा गान्धीको समाधिमा पुष्पगुच्छा अर्पण, राजघाट

बिहान १०:३० बजे : विदेशमन्त्री सुष्मा स्वराजसित भेटवार्ता, राष्ट्रपति भवन

बिहान ११:३० बजे : प्रधानमन्त्री नरेन्द्र मोदीसित भेटवार्ता, हैदरावाद हाउस

मध्याह्न १२ बजे : प्रतिनिधि मण्डलस्तरीय वार्ता

दिउँसो १ बजे : सहमतिपत्र आदानप्रदान, भारत(नेपाल प्रसारण लाइनको रिमोट लञ्चिङ र संयुक्त प्रेस विज्ञप्ति, हैदरावाद हाउस

दिउँसो ३:३५ बजे : भारतीय अर्थमन्त्रीसित भेटवार्ता, राष्ट्रपति भवन

दिउँसो ४:१५ बजे : भारतीय उपराष्ट्रपतिसित भेटवार्ता, राष्ट्रपति भवन

साँझ ५ बजे : भारतीय राष्ट्रपतिसित भेटवार्ता, राष्ट्रपति भवन

 

भदौ ९ गते, शुक्रबार

मध्याह्न १२ बजे : हैदरावादका लागि विमानबाट प्रस्थान, पालमस्थित वायुसेनाको विमानस्थल

दिनभर हैदरावादमा कार्यक्रम

साँझ ७:३० बजे स् तेलन्गानाका गभर्नरसित भेटवार्ता, राजभवन


भदौ १० गते, शनिबार

दिनभर हैदरावादमा कार्यक्रम

दिउँसो २M३० बजे : गयाका लागि विमानबाट प्रस्थान


भदौ ११ गते, आइतबार

दिनभर गयामा कार्यक्रम

दिउँसो ४ बजे : नयाँ दिल्लीका लागि विमानबाट प्रस्थान

साँझ ६:४५ बजे : काठमाडौँका लागि विमानबाट प्रस्थान
फोटोः दिपेन श्रेष्ठ



ट्रेन्डिङ पोस्ट

Ncell