PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

माओवादीद्वारा प्रधानमन्त्री राहत कोषमा ३५ लाख रुपैयाँ हस्तान्तरण



पहिलोपोस्ट

माओवादीद्वारा प्रधानमन्त्री राहत कोषमा ३५ लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं: नेकपा माओवादी केन्द्रले बाढी पीडितलाई राहत स्वरुप प्रधानमन्त्री राहत कोषमा ३४ लाख ९९ हजार २६० रुपैयाँ हस्तान्तरण गरेको छ। यसअघि नेकपा एमालेले कोषमा एक करोड रुपैयाँ हस्तान्तरण गरेको थियो।

बुधबार बिहान बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

बाढीपीडितलाई माओवादी केन्द्रका सांसदको एक महिनाको तलव दिने यसअघिको पार्टी निर्णय अनुसार नै राहत रकम हस्तान्तरण गरिएको संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले जानकारी दिए।

माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले भने मन्त्रिपरिषदको निर्णय अनुसार नै राहत रकम उपलब्ध गराउने पनि हस्तान्तरण कार्यक्रममा उपनेता रायमाझीले बताए। माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले अलग्गै दिने भएकाले यसमा उक्त रकम प्रमुख सचेतक रेखा शर्माले जानकारी दिइन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell