PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सेल्टिक, सेभिया, नेपोली र ओलम्पियाकोस च्याम्पियन्स लिगमा छनोट



पहिलोपोस्ट

सेल्टिक, सेभिया, नेपोली र ओलम्पियाकोस च्याम्पियन्स लिगमा छनोट

सेल्टिक, सेभिया, नेपोली, ओलम्पियाकोस र मरिवर प्लेअफ जितत्दै युरोपियन च्याम्पियन्स लिगको समूह चरणका लागि छनोट भएका छन्।

गएराती भएको दोस्रो लेग प्लेअफपछि  विजयी हुँदै पाँच क्लब २०१७-१८ को प्रतियोगिताका लागि छनोट भएका हुन्।

दोस्रो लेगमा अस्तानासँग ४-३ ले पराजित भएपनि समग्रमा ८-४ को जित हात पार्दै स्कटिस क्बल सेल्टिक च्याम्पियन्स लिगमा छानिएको हो। पहिलो लेगमा सेल्टिक ५-१ ले विजयी भएको थियो।

स्पानिस क्बल सेभियाले दोस्रो लेगमा इस्तानबुल बसाकसेहिरसँग २-२ को खेलेपनि समग्रमा ४-३ ले विजयी भयो। पहिलो लेग सेभियाले २-१ ले जितेको थियव।

यस्तै इटालियन क्बल नेपोलीले फ्रेन्च क्लब नाइसलाई दुबै लेगमा समान २-० ले हराउँदै समग्रमा ४-० को जित निकाल्यो।

ग्रीसको ओलम्पियाकसले रिजकालाई समग्रमा ३-१ ले हरायो। पहिलो लेग २-१ ले जितेको ओलम्पियाकोसले दोस्रो लेगमा १-० को जित निकाल्यो।

यता पहिलो लेग २-१ ले हारेरपनि दोस्रो लेगमा १-० को जित हात पारेको मरिवोर अवे गोलका आधारमा छनोट भयो। अवे मैदानमा भएको पहिलो लेगमा मरिबोरले हापोल भिर सिवा विरुद्ध १ गोल गरेको थियो। घरेलु मैदानमा १-० ले विजयी भएपछि मरिवोर भाग्यमानी सावित भयो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell