PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

मेलम्ची सपना: सरकारले यसरी झुक्याउँदैछ जनता, मेलम्चीको पानी अझै मृगतृष्णा



अमर बडुवाल

मेलम्ची सपना: सरकारले यसरी झुक्याउँदैछ जनता, मेलम्चीको पानी अझै मृगतृष्णा

काठमाडौं: मेलम्ची खानेपानी आयोजनाको ९.५ किलोमिटर सुरुङ खन्न बाँकी रहदै गत वर्ष आयोजनाले यही दशैंअघि नै काठमाडौंमा मेलम्चीको पानी ल्याउने लक्ष्य सार्वजनिक गर्‌यो।

सजिलो ठाउँबाट सुरुङ खनिरहेको, सहायक सुरुङबाट काटेको चट्टान फाल्ने सुविधा भएको, सात ठाउँबाट सुरुङ खनिरहेको बेलामा पनि वार्षिक ५ देखि ७ किलोमिटरभन्दा बढी सुरुङ खन्न नसकिरहेको बेला मुहान तर्फको सुरुङमा जोखिम पूर्ण चट्टान भएको ९ किलोमिटर भन्दा बढी सुरुङ खन्ने लक्ष्य राख्नु आफैंमा ठूलो रिस्क थियो।


एक वर्षको अवधिमा ९ किलोमिटर भन्दा बढी सुरुङ खन्न नसकिने कुरा तीन वर्षदेखि वार्षिक खन्दै आएको सुरुङमार्गको तथ्याङ्कले स्पष्ट बोलिरहेको थियो। मेलम्ची खानेपानी आयोजनाका निर्देशक रमाकान्त दवाडी पनि लक्ष्य निर्धारण गर्दा हचुवाको भरमा गरेको स्विकार्छन्।
बिगतका आयोजना प्रमुखहरु निर्माण कम्पनीले ठूलो लक्ष्य भेटाउन सकिँदैन भनिरहँदा पनि जवर्जस्ती लक्ष्य निर्धारण गरि चर्चामा आउन मात्रै दशैंमा काठमाडौंमा पानी झार्ने कुरा मिडियामा ल्याएको दवाडीको दाबी छ।

"राष्ट्रिय गौरवको आयोजना, २० औं वर्षदेखि प्रतीक्षा गरिरहेको, धेरै पटक निर्माण पर धकेलिएको हुँदा यो पटक पनि जनतालाई निरास हुने गरि फलानो मितिमा पानी ल्याउँछौ भन्न नहुने हो" दवाडीले भने, "सामान्य विश्लेषण पनि नगरेर हचुवाको भरमा बोलेकोले काठमाडौंबासीले दशैं अघि पानी नपाएका हुन्।"

 

मन्त्रालय भन्छ, दुई महिना पर सर्दा के फरक पर्छ?

खानेपानी मन्त्रालयका सचिव भीम उपाध्याय भने काठमाडौंबासीहरुले पानी पाइरहेकाले दुई महिना आयोजना पर सर्दा केही फरक नपर्ने बताउँछन्।
"यतिका वर्षसम्म मेलम्चीको पानी नहुँदा पनि उपत्यकामा पानीको समस्या भएन। दुई महिना मेलम्चीको पानी नआउँदा कुनै समस्या हुँदैन।" उपाध्यायले भने, "दशैंमा पानी ल्याउने प्रतिवद्धता पूरा गर्दा आयोजनाको लागत अत्याधिक महँगो हुने भएकाले सबैको सहमतिमा आयोजनालाई दुई महिना पर सारेका हौं, जनतालाई झुक्याएका छैनौं। पानी आउने समय दुई महिना सरेको मात्रै हो।"

आयोजनामा प्राविधिक समस्या आएको उपाध्यायको दाबी छ। जति प्रयास गरे पनि नसकिने भएपछि मन्त्रालयले ढिलार्इ गर्ने निर्णय गरेको उनी बताउँछन्।

‘हामीसँग दुईवटा मात्र विकल्प रहे। कि अर्बौ रुपैयाँका उपकरण र नयाँ प्रविधि ल्याएर दशैंमा नै काठमाडौंमा पानी ल्याउने, वा भएकै प्रविधि र उपकरणले काम चलाएर दुई महिनापछि काठमाडौंमा पानी ल्याउने।’ उपाध्यायले भने, पहिलो विकल्पले आयोजनाको लागत मात्रै बढाउने भएकाले दोस्रो विकल्पमा निर्माण कम्पनीसँग सहमति गरेरै अघि बढिरहेका छौं।

थप विजमाण्डुमा पढ्न सक्नुहुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell