PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विशेष पद सिर्जना गर्दै एसएसपी राजेन्द्रमान श्रेष्ठको डिआइजीमा बढुवा



विशेष पद सिर्जना गर्दै एसएसपी राजेन्द्रमान श्रेष्ठको डिआइजीमा बढुवा

काठमाडौँ : सरकारले विशेष पद सिर्जना गर्दै एसएसपी राजेन्द्रमान श्रेष्ठलाई डिआइजीमा बढुवा गर्ने भएको छ। 

बढुवा भएका श्रेष्ठ हाल अचेत अवस्थामा अस्पतालमा उपचाररत छन्। उनी अचेत भएको एक वर्ष हुन लागेको छ। पोहोर साउन १५ गते उनी खेल्दाखेल्दै बेहोस भएका ढलेका थिए। त्यतिबेला उनी पूर्व क्षेत्रीय तालिम कार्यालय विराटनगरमा कार्यरत थिए। 

२०४६ सालको फागुन २८ गते इन्स्पेक्टरमा भर्ना भएका उनी पहिलेदेखि नै शीर्ष तीनमा रहेका थिए। उनकै ब्याचका सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की अहिले वरियतामा टप थ्री हुँदै डिआइजी छन्। 

उनको बढुवा नभएको भन्दै नकारात्मक टिप्पणी भइरहेका बेला सरकारले विशेष पद सिर्जना गरी बढुवा गर्न लागेको हो। यसका लागि भदौ ५ गते बढुवा समितिको बैठक बसेको थियो। बैठकले उनलाई डिआइजी बढुवाका लागि सिफारिश गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell