PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रधानमन्त्रीको आज भारत जाँदै, यस्तो छ पाँच दिने भ्रमणको सेड्युल



प्रधानमन्त्रीको आज भारत जाँदै, यस्तो छ पाँच दिने भ्रमणको सेड्युल

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारदेखि भारतको ‍औपचारिक भ्रमण गर्दैछन्। पाँच दिने भ्रमणको सेड्युल यस्तो रहेको छ

भदौ ७ गते, बुधबार 

बिहान ११:१५  नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
बेलुकी ७ बजे :  असोछामद्वारा आयोजित व्यापारिक कार्यक्रममा सहभागी हुने। स्थान ताजमहल होटल

भदौ ८ गते, बिहीबार

प्रधानमन्त्रीको भ्रमणको यो दिन महत्त्वपूर्ण छ। बिहानैदेखि रातिसम्म विभिन्न कार्यक्रममा प्रधानमन्त्री व्यस्त हुनेछन्।
 
बिहान ९ बजे : राष्ट्रपति भवनमा सेरेमोनियल रिसेप्सन
बिहान ९:३० बजे : महात्मा गान्धीको समाधिमा पुष्पगुच्छा अर्पण, राजघाट
बिहान १०:३० बजे : विदेशमन्त्री सुष्मा स्वराजसित भेटवार्ता, राष्ट्रपति भवन
बिहान ११:३० बजे : प्रधानमन्त्री नरेन्द्र मोदीसित भेटवार्ता, हैदरावाद हाउस
मध्याह्न १२ बजे : प्रतिनिधि मण्डलस्तरीय वार्ता
दिउँसो १ बजे : सहमतिपत्र आदानप्रदान, भारत-नेपाल प्रसारण लाइनको रिमोट लञ्चिङ र संयुक्त प्रेस विज्ञप्ति, हैदरावाद हाउस
दिउँसो ३:३५ बजे : भारतीय अर्थमन्त्रीसित भेटवार्ता, राष्ट्रपति भवन
दिउँसो ४:१५ बजे : भारतीय उपराष्ट्रपतिसित भेटवार्ता, राष्ट्रपति भवन
साँझ ५ बजे : भारतीय राष्ट्रपतिसित भेटवार्ता, राष्ट्रपति भवन
 

भदौ ९ गते, शुक्रबार

मध्याह्न १२ बजे : हैदरावादका लागि विमानबाट प्रस्थान, पालमस्थित वायुसेनाको विमानस्थल
दिनभर हैदरावादमा कार्यक्रम
साँझ ७:३० बजे : तेलन्गानाका गभर्नरसित भेटवार्ता, राजभवन

भदौ १० गते, शनिबार

दिनभर हैदरावादमा कार्यक्रम
दिउँसो २:३० बजे : गयाका लागि विमानबाट प्रस्थान

भदौ ११ गते, आइतबार

दिनभर गयामा कार्यक्रम
दिउँसो ४ बजे : नयाँ दिल्लीका लागि विमानबाट प्रस्थान
साँझ ६:४५ बजे : काठमाडौँका लागि विमानबाट प्रस्थान 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell