PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

साफ यू-१५ च्याम्पियनसिप : भुटानलाई हराउँदै बंगलादेश समूह विजेता



पहिलोपोस्ट

साफ यू-१५ च्याम्पियनसिप : भुटानलाई हराउँदै बंगलादेश समूह विजेता

काठमाडौं : बंगलादेश समूह ए को विजेता बन्दै ललितपुरमा भइरहेको साफ यू-१५ च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको समूह ए को अन्तिम खेलमा भुटानलाई ३-० ले पराजित गर्दै बंगलादेश समूह विजेता बनेको हो।

पराजित भएपनि यसअघि नै सेमिफाइनलमा स्थान बनाएकव भुटान समूह ए को उपविजेता बन्यो।

बंगलादेशको जिताउन मिरज मोल्लाले २ तथा मिनहाजुल करिमले १ गोल गरे।

बंगलादेश र भुटानले श्रीलंकालाई पराजित गर्दै एक-आपसमा भिड्नुअघि नै अन्तिम चारमा स्थान बनाइसकेको थियो। समूह विजेता बन्नको लागि मात्र यो खेल महत्वपूर्ण थियो।

अब बंगलादेशले समूह बी को उपविजेता तथा भुटानले समूह ए को विजेतासँग खेल्नेछ।

समूह चरणको अन्तिम खेलमा भोली बुधबार घरेलु टोली नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ।

दुवैले माल्दिभ्सलाई पराजित गर्दै यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेका छन्। भोलीको खेलले समूह बी को विजेता र उपविजेताको टुङ्गो लाग्नेछ।

जितपछि बंगलादेशका प्रशिक्षक मोस्ताफा पभरेजले कुनै पनि विपक्षी सहज नभएको बताए। उनले भरटान विरुद्ध आफ्नो स्ट्राटेजीले काम गरेको र गोल गर्ने धेरै अवसर पाएपनि सदुपयोग गर्न नसकेको प्रतिक्रिया दिए।

यता भुटानका प्रशिक्षक सोनजंग लीले टिमको प्रदर्शनप्रती सन्तुष्टी रहेको र शारीरिक रुपमा उत्कृष्ट टिम विरुद्ध राम्रो खेलेको बताए।

यस्तै लीले सेमिफाइनलमा नेपालसँग खेल्न चाहेको प्रतिक्रिया दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell