PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नक्कली गहना बेच्ने गिरोह नेपालगञ्जमा पक्राउ



रासस

नक्कली गहना बेच्ने गिरोह नेपालगञ्जमा पक्राउ

नेपालगञ्ज :  नक्कली गहनालाई पहेँलो धातुको जलप लगाई सक्कली सुन सरह बिक्रीको प्रयास गर्ने तीन जनालाई बाँकेमा प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी नक्कली गहनासहित पक्राउ परेका बाँकेका मंगलप्रसाद थारू, सिन्धुपाल्चोकका कृष्णलाल श्रेष्ठ र जाजरकोटका पूर्णबहादुर विकलाई सार्वजनिक गरेको हो। 

नेपालगञ्जस्थित एक होटलबाट भदौ ३ गते पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले पहेँलो धातुको जलप लगाएको दुई किलो ३०५ ग्राम नक्कली गहना बरामद गरेको थियो।

प्रहरी उपरीक्षक टेकबहादुर तामाङले पक्राउ परेका अभियुक्तमध्ये पूर्णबहादुर विक यसअघि पुराना बहुमूल्य धातु चोरी गरेको अभियोगमा पक्राउ परिसकेका व्यक्ति भएको जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell