PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित



रासस

संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित

काठमाडौँ :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वाङमय शताब्दी पुरुष डा सत्यमोहन जोशीलाई दोसल्ला ओढाएर सम्मान गरेको छ। 

मंगलबार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीतेन्द्रनारायण देवले जोशीलाई सम्मान गरेका हुन्।

कार्यक्रममा मन्त्री देवले जोशीले नेपाली भाषा, साहित्य र संस्कृतिको अनुसन्धानमा जोशी सक्रिय भई सिर्जनात्मक लेखनको माध्यमबाट नेपाली साहित्य र संस्कृतिको अभिवृद्धि गरेको बताए। 

संस्कृतिविद् जोशीले नेपाली कला संस्कृतिका विभिन्न विशिष्टता रहेको र त्यसलाई अन्तरराष्ट्रिय तहमा पुर्याउन सकेमा यसले नेपाल र नेपालीको गौरब बढाउने बताए। 

यसैबीच भाषा तथा साहित्य, संस्कृति, संगीत तथा नाट्य र ललितकला विधाको प्रबद्र्धनका लागि २२ वर्षदेखि मन्त्रालयले उपलब्ध गराउँदै आएको पुरस्कार वितरण गरिएको छ।

महाकवि देवकोटा पुरस्कार बानिरा गिरी, परशु प्रधान, कृष्ण गौतम, नगेन्द्रराज शर्मा र वासुदेव मुनाललाई प्रदान गरिएको छ। पुष्पलाल राष्ट्रिय पुरस्कार प्राडा राम खेलावन साह, प्रा हिरण्यलाल श्रेष्ठ र मोदनाथ प्रश्रितलाई प्रदान गरिएको छ। 

भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार प्राप्त गर्नेमा रामेश्वर मण्डल खत्वे र मिठाइदेवी विश्वकर्मा छन्। राष्ट्रिय प्रतिभा पुरस्कार हरिहर शर्मा, सुन्दरकृष्ण जोशी, गोविन्दलाल सिंह डङ्गोल र तारानन्द मिश्रलाई दिइएको छ।

उनीहरुलाई एक लाख रुपैयाँको पुरस्कारसहित सम्मान गरिएको हो। 

क्षेत्रीय प्रतिभा पुरस्कार संगीत तथा नाट्य विधामा परशुराम राई, तीर्थकुमारी थापा, मेनकाजी गुरुङ, कमलकुमार विश्वकर्मा र दीपेन्द्रप्रसाद दाहाललाई प्रदान गरिएको छ। 

क्षेत्रीय प्रतिभा पुरस्कार भाषा तथा साहित्य विधामा गंगा सुवेदी, रुकु कार्की, अविनाश श्रेष्ठ, सृजन लम्साल र हेमन्त जोशीलाई प्रदान गरिएको छ।

क्षेत्रीय प्रतिभा पुरस्कार ललितकला विधामा विक्रम तिम्सिना, रतनकुमार राई, भीमप्रसाद शर्मा, धोर्चे गुरुङ्ग लामा र नन्दकली राना थारुलाई प्रदान गरिएको छ।

क्षेत्रीय प्रतिभा पुरस्कार संस्कृति विधामा ताराबहादुर बुढाथोकी, विजय दत्त, ईन्द्रबहादुर गुरुङ, बमकुमारी बुढा र दिनानाथ बराललाई प्रदान गरिएको छ। पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell