PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भदौ १६ देखि चाडपर्व लक्षित सुपथमूल्य पसल सञ्चालन गरिने, यस्ताे छ तयारी



सविन ढकाल

भदौ १६ देखि चाडपर्व लक्षित सुपथमूल्य पसल सञ्चालन गरिने, यस्ताे छ तयारी

काठमाडौं :  आपूर्ति मन्त्रालयले भदौ १६ गतेदेखि चाडपर्व लक्षित सुपथमूल्य पसल सञ्चालन गर्ने भएको छ।

दशैं, तिहार र छठपर्वको समयमा उपभोक्तालाई राहत दिन आपूर्ति मन्त्रालयअन्तर्गका सार्वजनिक संस्थानहरुले कार्तिक ९ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेका हुन्।  

सधैंजसो दशैंमा उपभोक्तालाई आपूर्ति व्यवस्थापनमा समस्या हुने र सहज र सस्तो सामान नपाउने गुनासो बढ्ने गरेकोले एक महिना अघिदेखि नै सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको  आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताए। 

‘नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेसन र नेशनल ट्रेडिङले छुट सुविधासहितका सुपथ मूल्य पसल सञ्चालन गरिनेछन्’ उनले भने ‘यसमा विक्री वितरण प्रणाली, अनुगमन र चुहावट नियन्त्रणलाई पनि प्रभावकारी बनाईने छ।’ 

सहुलियत पसलहरुमा चामल प्रतिपरिवार ३० किलो, नुन प्रतिपरिवार ६ किलो र नुन प्रतिपरिवार ६ किलोका दरले विक्रीवितरण गरिनेछ।

सहुलियत दरका सुपथ मूल्य पसलहरुमा नुनमा २ रुपैयाँ, चिनीमा ५ रुपैयाँ, बासमती चामल र फापरमा १० रुपैयाँ, बासमती बाहेकका चामलमा ५ रुपैयाँ,  खसीबोका र च्याङ्ग्रामा १० रुपैयाँ प्रतिकिलोका दरले छुट दिएर विक्री गरिनेछ। 

कहाँ-कहाँ रहन्छन् सुपथ मूल्य पसल ?

सुपथ मूल्य पसल काठमाडौमा साल्ट ट्रेडिङका ९ स्टल, ३ वटा घुम्ति सेवा पसल, त्रिशुली डिपो, कर्पोरेसनका २२ कार्यालय गरी ३६ ठाउँ र नेपाल खाद्य संस्थानका सम्बन्धित कार्यालमा सञ्चालन गरिनेछ। यसमध्ये २२ वटा उपत्यका बाहिर सञ्चालन हुनेछन्।

आपूर्तिमन्त्री, आपूर्ति मन्त्रालयका सचिव, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य संस्थान, नेशनल ट्रेडिङ, साल्ट ट्रेडिङ लिमिटेड, नेपाल आयल निगमको संयुक्त बैठकले गरेको निर्णय अनुसार अहिले सुपथ मूल्य पसलका लागि कार्ययोजना बनिरहेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell