PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सिरिया शान्ति वार्ता आगामी सेप्टेम्बरमा काजकिस्तानको राजधानी अस्तानामा हुने



रासस

सिरिया शान्ति वार्ता आगामी सेप्टेम्बरमा काजकिस्तानको राजधानी अस्तानामा हुने
फोटो श्रोतः ahram.org

काजकिस्तान :  सिरियाको द्वन्द्व सामाधानका विषयमा हुने भनिएको शान्ति वार्ता स्थगित भएको काजकिस्तानले जानकारी दिएको छ। 

अगष्टको अन्त्यमा हुने भनिएको वार्ता स्थगित भएको हो। स्थगित भएको वार्ता काजकिस्तानको राजधानी अस्तानामा मध्य सेप्टेम्बरमा हुने भएको काजकिस्तानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

काजकिस्तानको विदेश मन्त्रालयले आफ्नो फेसबुक पेजमा रसिया, टर्की र इरानका विशेषज्ञहरुको सहभागितामा हुने भनिएको वार्ता अब मध्य सेप्टेम्बरमा हुने जानकारी दिइएको छ। 

रसियाबाट प्राप्त सुचनाको आधारमा सो मिति परिवर्तन भएको मन्त्रालयले बताएको छ। उता रसियाली विदेशीमन्त्री सेर्गेइ लाभरोभ सोमबार पत्रकारहरुलाई यस महिनाको अन्त्यमा हुने भनिएको विशेषज्ञस्तरको सिरियाको विषयमा हुने शान्ति वार्ता सेप्टेम्बरमा सुरुहुने बताएका थिए। 


यसअघि यो वार्ता अगष्टको अन्त्यमा हुने भनिएको थियो। सिरियामा जारी द्वन्द्वको सुरक्षित अवतरणका लागि यसअघि पनि अस्तानामा नै रसिया, टर्की र इरानको सहभागितामा वार्ता भएको थियो। 

सिरियामा सन् २०११ को मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसर अल असादको राजिनामाको मागगर्दै सुरु भएको आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो। 

युद्धमा अल कायदा र इस्लामिक स्टेट्स हाबी हुँदै गयो। युद्धमा परी हालसम्म तीन लाख २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ। 

लाखौँ घाइते भएका र लाखौँ व्यक्तिले आन्तरिकरुपमा र छिमेकी देशमा शरणार्थी जीनवयापन गर्न बाध्य छन्।रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell