PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फेरि सर्‍यो अस्थायी शिक्षकको परीक्षा, असोज ८ गतेसम्म भयो स्थगित



फेरि सर्‍यो अस्थायी शिक्षकको परीक्षा, असोज ८ गतेसम्म भयो स्थगित

काठमाडौँ : कार्यरत अस्थायी शिक्षकहरुको परीक्षा फेरि पनि सरेको छ। यसअघि पनि शिक्षक सेवा आयोगले भदौ ३ गतेका लागि तोकेको परीक्षा भदौ १० का लागि सारेको थियो।

त्यतिबेला पनि बाढी पहिरोको कारण आवत जावत गर्न समस्या परेको भन्दै आयोगले परीक्षा स्थगित गरेको जनाएको थियो।

यस पटक पनि परीक्षा सार्नुको कारण बाढीपहिरोलाई नै देखाइएको छ। शिक्षक सेवा आयोगले प्रधानमन्‍त्री तथा मन्त्रिपरिषद्को कार्यालयको भदौ ५ गते सोमबारको पत्रमा अविरल वर्षाको कारणले सिर्जना भएको असहज परिस्थित अझै विद्यमान रहेको, राज्यको सम्पूर्ण ध्यान उद्दार तथा राहत कार्यमा केन्द्रित गर्नुपरेको, जनधनको क्षतिबाट प्रभावित परिवारका सदस्यहरुको मानवीय संवेदना एवं यातायात पूर्वाधारहरुमा पुगेको क्षतिले गर्दा उत्पन्न भएको कठिनाईसमेतलाई मनन गरी उल्लिखित परीक्षका कार्यक्रम २०७४ असोज ८ गतेसम्मको लागि स्थगित गर्ने व्यहोराको पत्र आएकोले स्थगित गरिएको उल्लेख छ

अस्थायी शिक्षकहरु परीक्षा मिति सार्नुपर्ने र शिक्षा ऐन संशोधन गर्नुपर्ने माग राख्दै बसेको आमरण अनसन पनि स्थगित भइसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell