PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

मन्त्री हराएपछि संसदमा पेश हुन सकेन विधेयक



मन्त्री हराएपछि संसदमा पेश हुन सकेन विधेयक

काठमाडौँ : संसदमा हाजिर गरेर टाप ठोक्ने सांसदहरुका कारण गणपूरक संख्या नपुगेर विधेयक पेश हुन नसकेको घटना त धेरै भइसके तर मंगलबार भने बेग्लै कारणले एउटा विधेयक अलपत्र थियो। 

आजको संसदमा 'वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) विधेयक २०७४’ विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने कार्यसूची थियो। 

सभामुख ओनसरी घर्तीले यसका लागि माननीय वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मालाई समय दिन्छु भनिन्। 

तर रोष्ट्रममा मन्त्री विश्वकर्मा उपस्थित भएनन्। सभामुख एकछिन अलमलिइन्। उनले प्रचलन अनुसार तीन पटक मन्त्रीको नाम पनि बोलाइन्। मन्त्री देखा परेनन्।

यत्तिकैमा प्रतिपक्षी दलका तर्फबाट नियमापत्ति भयो- मन्त्री नै उपस्थित नभएर संसदको अपमान गरिएको विषयमा।

नियमापत्तिपछि सभामुखले सो कार्यसूचीलाई हटाएको घोषणा गरिन् र संसद बैठक स्थगित गरिन्।

   

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell