PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पूर्व अध्यक्षको ट्वीटले बार्सिलोनामा खैलाबैला, मेसीको भविष्य के होला?



पहिलोपोस्ट

पूर्व अध्यक्षको ट्वीटले बार्सिलोनामा खैलाबैला, मेसीको भविष्य के होला?

ब्राजिलियन फरवार्ड नेमार विश्व कीर्तिमानी रकमममा बार्सिलोनाबाट फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) पुगेको खबर सेलाउन नपाउँदै लियोनल मेसीलाई म्यानचेष्टर सिटीले त्यो भन्दा बढी रकम प्रस्तार गरेरको खबरले फुटबल बजार तातेको छ।

मेसीको सम्झौता बार्सिलोनामा अर्को वर्ष सकैछ। एक महिना अघि मेसीले बार्सिलोनामै २०२१ सम्म रहने गरी ४ वर्षको सम्झौता थप गर्ने निर्णय गरेपनि सम्झौतामा हस्ताक्षर भएको थिएन।

अहिले म्यानचेष्टर सिटीको आकर्षक प्रस्ताव र क्लबकै पूर्व अध्यक्ष जोएन लापोर्टाको ट्वीटले मेसीको भविष्य अनिश्चित बनेको छ।

इंगलिलस क्लब सिटीले मेसीको लागि ३ सय मिलियन यूरो तिर्न तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दावी गरिरहेको बेला लापोर्टाले वर्तमान अध्यक्ष जोसेप मारिया बार्टामेउ अध्यक्ष पदबाट नहटे मेसीले क्लब छाड्न सक्ने बताएका हुन्।

सिटीसँग मेसीको नाम जोडिएपछि लापोर्टाले ट्वीटरमा लेखेका छन्। 'यदी हामी मेसीले बार्सिलोनामै निरन्तरता दिएर खुशी भएको हेर्न चाहन्छौँ भने हामीले तत्कालै बार्टामेउबाट छुटकारा पाउनुपर्नेछ।'

यस्तो हल्ला चलिरहेका बेला बार्सिलोनाका स्पोर्टिङ डिरेक्टर रोबर्ट फर्नान्डेजले मेसी बार्सलोनामै बस्ने र केही दिनमै सम्झौतामा हस्ताक्षर हुने बताएका छन्। 'मेसीको सम्झौता नविकरणको लागि दुवै पक्षबीच सहमती भइसकेको छ।'

आइतबार रियल बेटिस विरुद्ध २-० को जित हात पारेपछि फर्नान्डेजले बिइन स्फोर्ट्सलाई भनेका थिए। 'हामी सम्झौता नविकरणका लागि उपयुक्त समय पर्खिरहेका छौँ, अब केही भन्न बाँकी छैन। हामीलाई थाहा छ लियो कति महत्वपूर्ण छ भनेर। फुटबलको लागि मेसी महत्वपूर्ण खेलाडी हुन्।

मेसीले बार्सिलोना नछाडेपनि पूर्व अध्यक्षको ट्विटले वर्तमान अध्यक्ष बार्टामेउमाथि दबाब बढेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell