PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, कांग्रेसबाट १२ र फोरम लोकतान्त्रिकबाट ३ राज्यमन्त्री थपिने



पहिलोपोस्ट

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, कांग्रेसबाट १२ र फोरम लोकतान्त्रिकबाट ३ राज्यमन्त्री थपिने

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आज फेरि मन्त्रिपरिषद विस्तार गर्दैछन्। प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदमा १५ जना राज्यमन्त्री थप गर्न लागेका हुन्। 

थपिने राज्यमन्त्रीहरुमा कांग्रेसका तर्फबाट शेषनाथ अधिकारी, सीता गुरुङ, उदय शमशेर राणा, नरबहादुर चन्द, तप्तबहादुर बिष्ट, अब्दुल रजाक, डिल्ली चौधरी, चम्पादेवी खड्का, दिलमान पाख्रिन, सरिता प्रसाईं, अमरसिंह पुन र तेजुलाल चौधरी छन्।

यसैगरी, फोरम लोकतान्त्रिकबाट राज्यमन्त्री हुनेमा जनकराज चौधरी, सुमित्रा थरुनी र यशोदा लामा छन्। राज्यमन्त्रीहरुको आजै सपथ ग्रहण हुँदैछ। 

देउवाले आइतबारमात्रै माओवादीका ८ जना राज्यमन्त्री थपेका थिए। प्रधानमन्त्री देउवाको नेतृत्वमा जेठ २४ गते गठन भएको मन्त्रिपरिषद मंगलबार विस्तार भएसँगै ५० सदस्यीय भएको छ। मन्त्रिपरिषदमा ३  उप प्रधानमन्त्री सहित २६ मन्त्री र २३ राज्यमन्त्री छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell